राम प्रसाद रिमाल र लक्ष्मण रिमाल, रामलक्ष्मण इन्नोभेसन प्रा.लि.
नेपालमा हाम्रो परिप्रेक्ष्य बमोजिमका प्रविधिहरु विकास गर्ने मान्यता सहित हामीले रामलक्ष्मण इन्नोभेसन प्रा.लि. स्थापना भएको हौं । अहिले सम्म आइपुग्दा नेपालको आवश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न यन्त्र एवं उपकरणहरु विकास गरिरहेका छौं । हाम्रो समाजको आवश्यकता बमोजिमका विभिन्न प्रविधिहरु विकास गर्दै अहिले सम्म आइपुग्दा हामीले विभिन्न उतारचढावहरु अनुभव गरिसकेका छौं ।
सानै देखि हामीलाई विभिन्न घरायसी कामहरु गर्नको लागि सहज हुने उपकरणहरु विकास गर्नेतर्फ हाम्रो गहिरो आकर्षण थियो । विद्यालय तहको अध्ययनको समय देखि नै हामीले विद्यालय तहको विज्ञानमा आधारित रहेर सामान्य सिद्धान्तकै प्र्रयोगमा पीठो चाल्ने उपकरण विकास गरेका थियौं । काठमाडौंमा आएर कोठामा बस्दा पानी तान्ने कामलाई सरलीकरण गर्नको लागि पानी सकिएपछि आफैं पानी तानिने र बन्द हुने प्रविधिहरु हामीले विकास गर्यौं । केही बर्ष पश्चात् हामीले विकास गरेको यस प्रविधिले लोकप्रियता पायो । जसले गर्दा हामीलाई समाजमा परिचित हुन सहज बनायो ।
अहिले हामीले समाजको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न उपकरणहरु विकास गरेका छौं । भोटर मेसिन, कम्युनिटी साइरन, जिपिएस ट्रयाकिङ सिष्टममा आधारित रहेर बसहरुमा स्थानको जानकारी लगायतका सेवाहरु उपलब्ध गराइरहेका छौं । अब छिट्टै सार्वजनिक वसहरुको भुक्तानी गर्न मिल्ने कार्ड र अनलाइन पेमेन्टको लागि पनि काम गरिरहेका छौं ।
विश्व पछिल्लो समय नयाँ प्रविधिको विकासमा केन्द्रित भएको छ । यद्यपि विकास भएका करिब ९८ प्रतिशत प्रविधिहरु खासै प्रयोगमा आउन सक्दैनन् । केवल २ प्रतिशत प्रविधिहरुले समाजको आवश्यकता सम्बोधन गरी लोकप्रिय बन्दा रहेछन् । यो हाम्रो अनुभव पनि हो । यसकारण अहिले हामीले जुन प्रविधि विकास गछौं, पहिले समाजको आवश्यकतालाई पनि बुझेर मात्रै त्यस प्रविधिलाई विकास गर्नतर्फ हामीले ध्यान दिन्छौं ।
हामीले मुख्यतः प्रविधि प्रतिको विशेष रुचिकै कारण यसै क्षेत्रलाई कार्यक्षेत्र बनायौं । हुनतः औपचारिक रुपमा हाम्रो उच्च शिक्षा प्रविधि र विज्ञान सम्बन्धी थिएन । यद्यपि हाम्रो विशेष रुचिको अगाडि औपचारिक शिक्षा बाधक नहुँदो रहेछ । हामीले हाम्रो आवश्यकता बमोजिम जे कुरा विकास गर्नुछ, त्यसै बमोजिमको ज्ञान अनलाइनबाट नै सिक्दै गयौं । अहिलेको खुल्ला बजारको फाइदा भनेकै आवश्यक जानकारी निःशुल्क र सहज रुपमा तत्कालै प्राप्त गर्न सक्नु हो । मानिसलाई कामले नै निखार्दै जाँदोरहेछ । यो हाम्रो अनुभव पनि हो र शुरुका दिनमा समाजका अन्य व्यक्तिहरुले पनि प्राविधिक ज्ञान नभएको मानिसले प्रविधिको क्षेत्रमा काम गरिरहेको छ भन्दा अचम्म लाग्नु स्वभाविकै हुन सक्छ । विस्तारै हामीले सम्बन्धित क्षेत्रका व्यक्तिहरुसँग समेत सिक्दै अघी बढ्दा अहिलेको अवस्थामा आउन सकेका हौं ।
अधिकांश प्रविधि प्रयोगविहीन हुन्छन्
विश्व पछिल्लो समय नयाँ प्रविधिको विकासमा केन्द्रित भएको छ । यद्यपि विकास भएका करिब ९८ प्रतिशत प्रविधिहरु खासै प्रयोगमा आउन सक्दैनन् । केवल २ प्रतिशत प्रविधिहरुले समाजको आवश्यकता सम्बोधन गरी लोकप्रिय बन्दा रहेछन् । यो हाम्रो अनुभव पनि हो । यसकारण अहिले हामीले जुन प्रविधि विकास गछौं, पहिले समाजको आवश्यकतालाई पनि बुझेर मात्रै त्यस प्रविधिलाई विकास गर्नतर्फ हामीले ध्यान दिन्छौं ।
हामीले हाम्रो आवश्यकता सम्बोधन गर्नको लागि हाम्रो बजारको आवश्यकता बमोजिमका प्रविधि विकास गर्नु आवश्यक रहन्छ । हाम्रो अवस्था के छ ? विकासको अवस्था कसरी अघी बढिरहेको छ ? यहाँको माग के छ ? जनताको जीवनस्तर कसरी चलिरहेको छ ? भन्ने लगायतका कुरालाई विचार गरेको खण्डमा हाम्रो चाहना पूरा हुन सक्छ भन्ने कुरालाई हामीले विशेष रुपमा जोड दिँदै आएका छौं । अहिले हामीले नेपालमा नै यस्ता उपकरणहरु विकास गरेका हुनाले यी प्रविधिहरु नेपालको लागि सस्तो पनि छन् ।
प्रविधिले हाम्रो आवश्यकता सम्बोधन हुनुपर्छ
बाह्य बजारमा विकास हुने प्रविधिहरु नेपालको आवश्यकता बमोजिम विकास नहुने भएको कारण कतिपय उपकरणहरु नेपालमा ल्याइसकेपछि ती प्रयोगविहीन समेत हुने गरेका छन् । बाह्य बजारमा राम्रो प्रचलनमा रहेपनि नेपालको आवश्यकता भिन्न रहने कारणले गर्दा यी मेसिनहरु नेपालको निम्ति प्रयोगमा नआउने अवस्था भएको हो । यद्यपि ती प्रविधिमा उपलब्ध रहेका फिचरहरुलाई दृष्टिगत गर्दै हाम्रो आवश्यकतालाई विचार गर्दै एसेम्बल गरेको खण्डमा हाम्रो आवश्यकता सम्बोधन गर्न सकिने अवस्था रहँदो रहेछ ।
प्रविधिमा हाम्रो प्रवेश
गाउँमा छँदै कोदो चाल्न सहजता ल्याउन हामीले हात र खुट्टाको प्रयोगले सहजै कोदो चाल्न सकिने प्रविधिको विकास गरेका थियौं । काठमाडौंमा आएपश्चात् पानी तान्न अटोमेटिक सिष्टम पनि हाम्रो आफ्नै आवश्यकताले नै विकास भएको हो । यो सिष्टम वि.सं. २०५५ तिर नै हामीले विकास गरेका थियौं । यो प्रविधिको प्रयोग कहाँ भइरहेको छ भन्ने पनि हामीलाई थाहा थिएन । यद्यपि यो विश्वबजारको लागि नै नयाँ प्रविधि रहेछ । हामीले यसलाई रामलक्ष्मण मेसिनको नाममा बजारीकरण ग¥यौं । यस मेसिनले हामीलाई चिनाउनमा ठूलै सहयोग ग¥यो । यस मेसिनको सफलताले हामीलाई अन्य प्रविधि विकासमा केन्द्रित हुन थप प्रोत्साहित समेत ग¥यो ।
प्रायोगिक हुनुपर्छ हाम्रो ज्ञान
हामीले अध्ययन गरेका कुराको व्यावहारिक प्रयोगमा जोड दिने हो भने प्रविधि आफैं जन्मँदो रहेछ । केवल कुनै सिद्धान्तको व्यावहारिक प्रयोगलाई हामीले जोड दिए पुग्छ । हामीले आधारभूत विज्ञानकै आधारमा जुन प्रविधिहरु विकास ग¥यौं, ती प्रविधिहरुले विज्ञानकै क्षेत्रका विज्ञहरुलाई समेत आश्चर्यमा पा¥यो । हामीले उत्तोलक, उध्र्वचाप र विद्युत स्वीचको समायोजनकै आधारमा विकास गरेको रामलक्ष्मण मेसिन कुनै नौलो आविष्कार थिएन । यद्यपि अहिलेको शिक्षाले हाम्रो ज्ञानलाई कसरी व्यावहारोपयोगी बनाउन सकिन्छ भन्ने कुरा सिकाउन नसकेको हुनाले त्यसले आश्चर्यमा पारेको हो । यसकारण अबका दिनमा सैद्धान्तिक ज्ञानको अलावा प्रायोगिक र व्यावहारिक पक्षलाई सम्बोधन गर्न सक्ने किसिमको व्यावहारिक शिक्षा समाजको आवश्यकता बनेको छ ।
अदृश्य शक्तिको पहिचान गर्नु जरुरी
हरेक व्यक्तिमा अदृश्य रुपमा असीमित क्षमता लुकेको हुन्छ । उक्त क्षमतालाई पहिचान गर्न आफ्नो भित्री इच्छा भएको क्षेत्रमा बिनाहिच्किचावट होमिनुपर्ने हुन्छ । कठिन परिस्थितिहरु एवं विभिन्न आरोहअवरोहहरु पनि सहजै स्वीकार्न सक्नुपर्छ । केवल सैद्धान्तिक ज्ञानले मात्रै हाम्रो असीमित क्षमता प्रकट गर्न सकिँदैन । बरु औपचारिक अध्ययनले हाम्रो व्यावहारिक ज्ञानको दायरालाई सीमित बनाइदिएर एकदुइटा सिद्धान्त बाहेक अन्य सम्भावनाका सम्पूर्ण द्वार नै बन्द गरिदिनसक्छ । यसकारण आफूभित्रको अनन्त क्षमता पहिचान गर्न सकेको खण्डमा मानिस समाजको लागि उदाहरणीय र अनुकरणीय पात्र बन्न सक्छ । आफ्नै रुचिले नै व्यक्ति अरु भन्दा पृथक बन्न सक्छ ।
अध्ययनकै विषयवस्तुलाई पृथक तवरले सोच्दाको परिणामः अहिले सम्म विकास भएका प्रविधिहरु
सर्जक दाजुभाईहरु राम र लक्ष्मणले अहिले सम्म आइपुग्दा मकै छर्ने मेसिन, प्रदूषण नियन्त्रण उपकरण (सन् २००३ मा अवार्ड प्राप्त गरेको) लगायतका विभिन्न प्रविधिहरुमा आफूहरु केन्द्रित हुँदै अहिलेको अवस्थामा आइपुगेको रामलक्ष्मण इन्नोभेसनका अध्यक्ष रामप्रसाद रिमाल बताउनुहुन्छ ।
शुरुका कठिनाई
नेपाल सानो बजार भएको हुनाले सानो बजारमा विभिन्न किमिसका प्रविधिहरु विकास गर्नुपर्ने आवश्यकता रहने राम प्रसाद रिमाल बताउनुहुन्छ । सोहीबमोजिम विभिन्न मेकानिकल, इलेक्ट्रिकल, एवं इलेक्ट्रिकल डिभाइसहरु विकास गर्नतर्फ लागेको बताउनुहुन्छ । ऊहाँले भन्नुभयो, ‘नेपालमा डायलअप इन्टरनेट शुरु भएपश्चात् शुरुमा विभिन्न साइबर क्याफेहरुबाट ५४ केविपिएस स्पिडमा इन्टरनेट चलाउनुपर्ने अवस्था थियो । जुन निकै महँगो समेत थियो । त्यही इन्टरनेट हुँदै प्रविधिमा अद्यावधिक हुँदै आफुलाई आवश्यक ज्ञान बटुली नयाँ प्र्रविधि विकासमा हामी दाजुभाई केन्द्रित भयौं । हामीले विसं २०५८ पछि सुरक्षा साइरन विकास ग¥यौं । जुन नेपालको लागि नयाँ प्रविधि थियो ।’ यस उपकरणले पनि बजारमा राम्रो पहुँच स्थापना गर्न सफल भयो ।
सुरक्षा साइरनको प्रयोग
सुरक्षा साइरन घर, सुन पसल लगायतमा राखियो । बजार अलि महँगो भएका कारण सिङ्गो समुदायलाई सुरक्षा दिन सकिने कम्युनिटी साइवर सिष्टम विकास गरियो । यसले पनि समाजमा नयाँ तरङ्ग ल्यायो । साथै समुदायका व्यक्तिहरुलाई आपसमा जोड्न समेत यसले सहयोग ग¥यो । अहिले नेपालका करिब १ लाख २५ हजार घरमा यो सिष्टम प्रयोग भइरहेको छ । सुरक्षा साइरनपछि मकै छर्ने मेसिन विकास गरियो । यस मेसिनले हलोको पछाडि जोडेपश्चात् आफैं मर्कै छोड्ने गथ्र्यो । यद्यपि किसानको लागि महँगो रहेको र राज्यबाट आवश्यक सहयोग नपाउँदा यसलाई बजारमा विस्तार गर्न सकिएन । यस मेसिनको शुल्क ४ हजार पथ्र्यो ।
लोडसेडिङ अन्त्यमा प्रयोग गरिएको पहल
इलेक्ट्रोनिक्स र अटोमेसन सिष्टमलाई निरन्तरता दिने क्रममा लोडसेडिङ अन्त्य गर्ने उद्धेश्यले एउटा उपकरण बनाएर खरिद सम्झौताको लागि नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरेपनि प्राधिकरण उक्त प्रस्ताव स्वीकार्न तयार भएन । जसले गर्दा विश्वका १ सय ३८ देशमा पेटेन्ट दर्ता भएको उक्त मेसिनलाई प्रयोगमा ल्याउन सकिएन । यस मेसिनको विकासको लागि करोडौं रकम खर्च भयो । प्राधिकरण सहमत नहुनुमा तत्कालिन व्यवस्थापन पक्ष सहज रुपमा विद्युत वितरण गर्न र दुरुपयोग भएको विद्युतलाई सही प्रयोगको लागि तयार नहुनु नै मुख्य कारण हुन सक्थ्यो । यस मेसिनले प्राथमिकताको आधारमा विद्युत वितरणमा सहयोग पु¥याउन सक्थ्यो । खासगरी प्राथमिकताको आधारमा विद्युत उपलब्ध गराउने पहल सहित विकास भएको यस मेसिनले दिउँसोमा स्कुल, साँझविहान घर र रातीमा उद्योगलाई विद्युत बढी उपलब्ध गराउने सामर्थ्य राख्थ्यो । अहिलेको अवस्थामा नेपालमा विद्युत लोडसेडिङ अन्त्य हुनुमा राम्रो तवरले वितरण प्रणाली व्यवस्थित गर्नु नै मुख्य हो । विगतमा नेपालमा करिब ३२ प्रतिशत विद्युत चोरी एवं दुरुपयोग भइरहेको थियो । नेपालमा प्रयोग गर्न नसक्दा बाह्य बजारमा समेत यस प्रविधिको लागि विस्तार गर्न सकिएन ।
सर्जक दाजुभाई राम र लक्ष्मणले अहिले सम्म आइपुग्दा मकै छर्ने मेसिन, प्रदूषण नियन्त्रण उपकरण (सन् २००३ मा अवार्ड प्राप्त गरेको) लगायतका विभिन्न प्रविधिहरुमा आफूहरु केन्द्रित हुँदै अहिलेको सफलता हात पारेका हुन् ।
भोटिङ मेसिन
अहिले यस कम्पनीले उत्पादन गरेको भोटिङ मेसिन शुरुमा निर्वाचन आयोगकै प्रेरणामा नै विकास गरिएको हो । यद्यपि आयोगले यस मेसिनबाट निर्वाचन गराउनमा तयार नभएपनि अन्य दल, भातृ सङ्गठन तथा संघसंस्था एवं एनआरएन लगायतका ८५ ओटा चुनाव यसै भोटिङ मेसिनको प्रयोग भएको छ । राज्यले आफ्नो प्रक्रियागत रुपमा सामान खरिद गर्नुपर्ने भएको कारण यो प्रविधि प्रयोग नगरेको हुन सक्छ ।
हाम्रा आवश्यकता बमोजिम छन् नेपाली भोटिङ मेसिन
अध्यक्ष रिमाल दावी गर्नुहुन्छ, ‘हामीले अहिले विकास गरेको यो भोटिङ मेसिन प्रविधि विश्वस्तरीय छ । अन्य देशका तुलनामा हामीलाई यो मेसिन सुरक्षित र सस्तो छ । हाम्रो मेसिनले हाम्रा सबै आवश्यकता पूरा गर्न सक्छ । भारत सरकारबाट हामीले ४ सय ओटा मेसिनहरु निःशुल्क प्राप्त गरेपनि अहिले सम्म ती मेसिनहरु प्रयोगमा आउन सकेका छैनन् । यसो हुनुमा ती मेसिनले हाम्रो आवश्यकता सम्बोधन गर्न नसक्नु नै मुख्य कुरा हुनुपर्छ । हाम्रो अवस्था, भोटिङ साक्षरता स्तर लगायतका कुरा हेर्दा नेपालको लागि नेपालमा नै विकास भएको प्रविधि आवश्यक छ ।
सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने र गाडी कहाँ छ भन्ने हेर्न मिल्ने यन्त्र, Lets GO एप्लिकेशन, लोकेशन डिस्प्ले बोर्ड, जिपिएस ट्रयाकिङ सिष्टम
डाटा सुरक्षाको लागि डाटा वेयरहाउसिङ आवश्यक
नेपालका तथ्याङ्क सुरक्षा तर्फ त्यत्ति ध्यान दिन सकिएको पाईंदैन । डिजिटल डाटाको फाइदा भनेकै प्रशस्तै डाटाहरु कपी गरेर राख्न सकिनु हो । जबकि भौतिक डकुमेन्टलाई सुरक्षित गर्न गाह्रो हुन्थ्यो । यद्यपि अहिले डिजिटल डाटाहरु बारे व्यक्ति परिवर्तन सँगै अर्को नयाँ व्यक्तिलाई त्यस बारे जानकारी हुन नसक्दा यसबाट जुन लाभ लिन सकिने थियो, त्यो लिन सकिएको छैन । यसलाई व्यवस्थित बनाउन अब डाटा वेयरहाउसिङ आवश्यक भइसकेको छ । डाटाको व्याकअप हुन सकेको खण्डमा हाम्रो तथ्याङ्क सुरक्षित हुन नसक्ने भन्ने हुँदैन ।
अन्त्यमा,
‘हामी जीवनशैलीलाई सहजता ल्याउनको लागि हामीले विभिन्न तवरबाट पहल गरिरहेका छौं । विगडाटा बनाउने र भविष्य सम्बन्धी विभिन्न जानकारी हासिल गर्न सकिने किसिमका सेन्सरमा आधारित मेसिन, प्र्दूषण स्तर जानकारी लिने मेसिन, पुलको कम्पन, वातावरणको जानकारी लिने मेसिन लगायतका विभिन्न पहलहरु हामीले गरिरहेका छौं । यसको अलावा सफ्टवेयरको क्षेत्रमा पनि रहेर हामीले काम शुरु गरेका छौं’, आगामी योजना बारे राम प्रसाद रिमालले बताउनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij