२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

प्रधानमन्त्री ओलीलाई मार्सीको चामल उपहार !

प्रधानमन्त्री ओलीलाई मार्सीको चामल उपहार !

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विवेकशील साझा पार्टी र नेपाली कांग्रेसका नेताहरुले एक किलो मार्सी धानको चामल उपहार दिने भएका छन् । डा. गोविन्द केसी प्रकरणमा विवेकशील साझा र कांग्रेसका नेताहरुले यस्तो कदम चालेका हुन् । 

प्रमुख विपक्षी दल नेपाली कांग्रेस र विवेकशील साझा पार्टीका नेतासमेतको उपस्थितिमा बुधबार साँझ सम्पन्न एक भेलाले सरकारविरुद्ध पेशाकर्मीहरुलाई समेत सडकमा उतार्ने निर्णय गरेको छ ।

बुधबार साँझ नयाँ वानेश्वरको इन्द्रेणी प्लाजामा पेशागत र अधिकारकर्मी संगठनका अगुवाहरुको बैठकले ३ बुँदे सहमतिसहित सडकमा उत्रिने निर्णय गरेको हो । ‘एलायन्स फर गोविन्द केसी’ ले आयोजना गरेको सो भेलाले विहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरी एक किलो मार्सी चामल प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरेको छ ।

भेलाले सरकारको ‘अधिनायकवादी’ क्रियाकलाप, डा. गोविन्द केसीको मागप्रतिको उदासीनता र गंगामाया अधिकारीको सत्याग्रहप्रतिको असंवेदनशील चरित्रविरुद्ध नागरिक आन्दोलन गर्नुपर्ने ठहर भेलाले गरेको छ ।

भेलापछि जारी गरिएको विज्ञप्तिमा पेशागत संस्थाहरुको तर्फबाट डा.अभिषेक रन्जन सिंह र विवेकशील साझा पार्टीका ओमप्रकाश अर्यालले हस्ताक्षर गरेका छन्   ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij