२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

पोखरामा बग्गी चढ्न पाइने

पोखरामा बग्गी चढ्न पाइने

दीपक घिमिरे काठमाण्डू l पोखरामा बग्गी व्यवसाय आइतबारदेखि शुरु भएको छ । बग्गी एन्ड हर्स राइडिङ प्रालिले सञ्चालन गरेको उक्त व्यवसायको आइतबार राष्ट्रिय समाचार समितिका उपसचिव गोविन्दसिंह भण्डारीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले पोखराको पर्यटनमा थप आकषर्णको रुपमा बग्गी व्यवसाय रहेको बताउँदै पशु अधिकारलाई ख्याल गर्दै राम्रोसँग पालन पोषणमा ध्यान दिन आग्रह गरे ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण भएसँगै पोखरामा यस्तो व्यवसाय अझ बढी सम्भावना भएको उनले बताए । पोखराका पर्यटन व्यवसायी वासु त्रिपाठीले हरेक काममा चुनौती हुने हँुदा नयाँ प्रोडक्ट भित्रिदाँ केहि समय स्थापित हुन कठिन हुने जनाए । सञ्चालक मध्यका एक इन्जिनियर मनबहादुर खड्काको अध्यक्षतामा कार्यक्रम भएको हो ।

नेपालको मुख्य पर्यटकीय क्षेत्र पोखरामा आन्तरिक तथा वाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले उक्त व्यवसाय सञ्चालन गरेको प्रालिका सञ्चालक, युवा उद्यमी शान्त शर्माले बताए । भारतबाट अनुभवी घोडाको साथमा बग्गी र चालक समेत झिकाएर उनले यो व्यवसाय सुरु गरेका हुन् । विगत एक वर्षदेखि काठमाडौंको बासवारीबाट बग्गीको व्यवसाय सुरु गरेका शर्माले पोखरामा पर्यटकहरुलाई लक्षित गरी उक्त व्यवसाय आइतबारबाट सुरु गरेका छन ।

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा बग्गीमा बसेर यात्रा गराउने गरी पहिलो चरणमा सेवा सुरु गर्ने उनले बताए । पर्यटकसँगै कुनै विवाह वा व्रतबन्ध एवं शुभकार्यको लागि आवश्यक परेको खण्डमा पनि बग्गी प्रयोग गर्न सकिने उनले बताए ।

एक दिन बग्गी रिजर्भ लागि चालकसहित करिब ८० हजार शुल्क लाग्ने प्रालिले जनाएको छ । छोटो समय बग्गी सवार गर्नेलाई न्युनतम एक हजार शुल्क लिने गरी बग्गी सवारका विभिन्न प्याकेज ल्याइने शर्माले जनाए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij