२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नियमावलीलाई अन्तिम रुप दिन नेकपाले गर्यो तीन सदस्यीय कार्यदल गठन

नियमावलीलाई अन्तिम रुप दिन नेकपाले गर्यो तीन सदस्यीय कार्यदल गठन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको प्रस्तावित नियमावलीलाई परिमार्जनसहित अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको पार्टी सचिवालय बैठकले स्थायी समिति बैठकले दिएको सुझावको आधारमा नियमावलीलाई अन्तिम रुप दिन ३ सदस्यीय कार्य दल गठन गरेको हो ।

नेताद्धय बामदेव गौतम, रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको कार्यदललाई ३ दिन भित्र नियमावलीलाई प्रकाशन हुने गरी अन्तिम रुप दिने कार्यादेश पनि दिइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बिहिबार अपरान्ह बसेको पार्टी स्थायी समिति बैठकले नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी पार्टीको केन्द्रिय सचिवालयलाई दिएको थियो ।

स्थायी समिति बैठकमा नेताहरुले दिएको सुझावको आधारमा नियमावलीलाई अन्तिम रुप दिने गरी कार्य दल गठन गरिएको पनि प्रवक्ता श्रेष्ठले स्पष्ट पारे ।

कार्यदलले तयार पारेको सुझावसहितको नियमावलीलाई आगामी मंगलबार बस्ने सचिवालय बैठकले अनुमोदन गरेर सोही दिन प्रकाशनका लागि पठाउने निर्णय पनि गरिएको छ ।

पार्टीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न पनि मंगलबार नै सचिवालयले बैठक बोलाएको छ ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै ल्याउन र आफू नेतृत्वको अघिल्लो सरकारले गरेको निर्णय खारेज गर्ने सरकारको निर्णय फिर्ता नलिए सडक र सदन सबै

मोर्चाबाट सरकारको चौतर्फी विरोध गर्ने चेतावनीसहितको प्रर्दशन गर्दै आएको छ ।

सोही सम्बन्धमा पार्टी भित्र समान धारणा तय गर्न मंगलबार पुनः सचिवालय बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij