काठमाडाैं उपत्यकामा सञ्चालनमा रहेका केही निजी शैक्षिक संस्थाहरूले अतिरिक्त शीर्षकमा ठूलाे रकम असुली गरेकाेमा अनेरास्ववियुले अाफ्नाे ध्यानाकर्षण भएकाे भन्दै विज्ञप्ति प्रकाशन गरेकाे छ । उक्त विज्ञप्तिमा संगठनले सरकारी निकायलार्इ समेत कारबाही प्रक्रियाकाे लागि चेतावनी दिएकाे छ ।
सिर्जनात्मक
तथा रचनात्मक ढंगले अबकाे अान्दाेलन अघी बढाउने उल्लेख गरिएकाे उक्त विज्ञप्तिमा अान्दाेलनका अन्य ताैरतरिका समेत अबलम्बन हुन सक्ने र जस्ताेसुकै परिस्थितिकाे सामना गरेर अघी बढ्न तयार रहेकाे समेत उल्लेख गरिएकाे छ । तर विज्ञप्तिमा अान्दाेलनका अन्य ताैरतरिका र जस्ताेसुकै परिस्थिति बारे भने केही खुलाइएकाे छैन ।
यसकाे साथै अतिरिक्त शीर्षकमा लिइएकाे रकम तत्काल फिर्ता गर्न कडा चेतावनी दिँदै सरकारी निकायलार्इ समेत कारबाही प्रक्रिया अघी बढाउनकाे निम्ति सचेत बनाएकाे छ ।
विद्याालयहरूकाे यस्ताे कार्यलार्इ ठगीकाे संज्ञा दिँदै तत्काल सरकारी निकायले कारबाही प्रक्रिया अघी बढाउनुपर्ने, त्यसाे हुन नसके अनेरास्ववियु थप सङ्घर्ष प्रक्रियामा जान सक्ने समेत विज्ञप्तिमा उल्लेख छ ।
अनेरास्ववियुले विज्ञप्ति सार्वजनिक गरेपश्चात् अनेरास्ववियुका कार्यालय सचिव राजेन्द्र गजुरेलसँग सेताेघरकाे लागि बाबुराम कुवँरले गरेकाे कुराकानीकाे क्रममा गजुरेलले अनेरास्ववियुले अघिल्लाे बर्ष पनि अान्दाेलन गरेर करिब डेढ सय विद्यालयहरू तालाबन्दी गरिएकाे तर शुल्क घटाउने सर्तमा विद्यालय पुःन सञ्चालन गरिएकाे भएपनि यस बर्ष उक्त सर्त लागु नभएकाे कारण अाफूहरू बाध्य भएर पुःन अान्दाेलनमा जानुपरेकाे समेत बताएका छन् ।
यसकाे साथै नेपालकाे कानुन विपरीत नेपालमा कुटनीतिक नियाेगले विद्यालयहरू खाेलेकाे समेत विज्ञप्तिमा उल्लेख छ । त्यस्ता विदेशी विद्यालय बन्द गर्न समेत विज्ञप्ति मार्फत जाेडदार माग गरिएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij