नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा सबैजना एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।
नेपाली कांग्रेस चाँगुनारायण नगर समितिले असार १५ धान दिवसको अवसरमा आज भक्तपुरको बागेश्वरीमा आयोजना गरेको रोपाइँ कार्यक्रममा बोल्दै उनले सबै मिलेर पार्टीलाई अगाडि बढाउनु पर्ने बताएका हुन् ।

सभापति देउवाले भने, ‘कांग्रेस आगामी दिनमा सबै एक भएर अगाडि बढे पुनः देशकै एक नम्बर पार्टी हुन्छ’ रोपाइँ कार्यक्रममा नेपालको सांस्कृतिक परम्पराले नेपाली संस्कृतिलाई जीवन्त बनाएको बताउँदै उनले धान दिवसले कृषि परम्परा र संस्कृतिको पहिचान स्थापित गरेको दावी गरे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij