
काठमाडौं । वि.सं २०७४ को स्थानीय तह निर्वाचनमा तारकेश्वर नगरपालिकाबाट नगरप्रमुख पदको लागि उम्मेदवारी दिएका राज कुमार खड्का काठमाडौं क्षेत्र नम्बर ६ को विकासको लागि निरन्तर क्रियाशिल रहँदै आएका व्यक्ति हुन् ।
यसपटकको निर्वाचनमा राप्रपा नेपालबाट समानुपातिक तर्फ खस आर्य समूहको सूचीमा अग्रस्थानमा नाम समेटिएका खड्का राप्रपा नेपालका केन्द्रीय सदस्य एवं सहकारी विभाग प्रमुख समेत हुन् ।
उनी विगत २०६५ देखि हाल सम्म अर्विट वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षको भूमिका निर्वाह गर्दै आएका व्यक्ति हुन् । खड्का एक सफल युवा उद्यमी समेत हुन् ।
मानविकीमा स्नातक सम्मको अध्ययन गरेका खड्का शारीरिक सुगठन (वडि विल्डिङ) र वक्सिङको राष्ट्रिय खेलाडी समेत हुन् ।
बाग्मती प्रदेश अन्तरगत १३ ओटै जिल्लाका आफ्ना सम्पूर्ण शुभचिन्तकहरुलाई चुनाव चिन्ह तीरमा मतदान गरी आफूलाई समानुपातिक तर्फ विजयी गराउन खड्का हार्दिक अपिल समेत गर्दछन् ।
आफ्नो उम्मेदवारी सुशासन, विकास र समृद्धि सहित जनताको जीवनस्तरलाई माथि उकास्नकै लागि केन्द्रित रहने प्रतिबद्धता समेत खड्काले व्यक्त गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij