काठमाडौँ, २८ पुसः हप्ताकाे पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५ दशमलव ४१ अङ्कले घटेको छ । आइतबार नेप्से परिसूचक २५ दशमलव ४१ अङ्कले घटेर २ हजार ६ सय ९.६७ बिन्दुमा कायम भएको हो ।
आज ३०१ कम्पनीको ८० लाख ८१ हजार ६ सय ३१ कित्ता शेयर, ४६ हजार ६ सय १४ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू ३ अर्ब ९९ करोड ७९ लाख ९ हजार ३ सय २३ मा खुम्चिएको छ । सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा बढी वित्त समूह ३.६० र विकास बैंक समूह १.६० प्रतिशतले घटेको छ । बैंकिङ ०.८६, होटल तथा पर्यटन ०.७७, जलविद्युत् १.४४, लगानी ०.३९ र जीवन बिमा समूह ०.१२ प्रतिशतले घटेको छ ।
उत्पादन तथा प्रशोधन एक दशमलव ३६, लघुवित्त शून्य दशमलव ८७, म्युचुअल फण्ड शून्य दशमलव ४२, निर्जीवन बिमा शून्य दशमलव ७३, व्यापार शून्य दशमलव १० र अन्य समूह शून्य दशमलव ६० प्रतिशतले घटेको छ । आजको कारोबारमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij