२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

पियोर इनर्जी लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

पियोर इनर्जी लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडाैं, २८ चैतः पियोर इनर्जी लिमिटेडले आज (चैत २८ गते) देखि सर्वसाधारण नागरिकलाई लक्षित गरी प्राथमिक शेयर (आईपीओ) सार्वजनिक गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरिसकेको थियो। अब सर्वसाधारणले पनि कम्पनीमा लगानी गर्न पाउने भएका छन्।

यो पटक कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख ९५ हजार २०० कित्ता शेयर निष्काशन गर्दैछ, जसको कुल मूल्य ११ करोड ९५ लाख २० हजार रुपैयाँ हुन्छ। यसअघि, कुल ८० करोड रुपैयाँ जारी पूँजीमध्ये २ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता स्थानीय बासिन्दाका लागि र १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो। त्यस्तै, सामूहिक लगानी कोषलाई ७२ हजार कित्ता र कर्मचारीहरूका लागि २८ हजार ८०० कित्ता शेयर वितरण भइसकेका छन्।

सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति छिटोमा २०८२ वैशाख २ गते र ढिलोमा वैशाख ११ गतेसम्म हुनेछ।

कम्पनीको वित्तीय हैसियतको मूल्याङ्कन गर्दै CARE Ratings Nepal ले पियोर इनर्जीलाई ‘CARE NP BB+’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीमा औसत जोखिम रहेको देखाउँछ।

पियोर इनर्जी लिमिटेडले हाल १० मेगावाट क्षमताको दुई वटा सौर्य पीभी विद्युत आयोजना सञ्चालनमा ल्याएको छ। पहिलो आयोजना (ब्लक १) को कुल लागत १ अर्ब २५ करोड ४७ लाख रुपैयाँ रहेको छ, जसमा प्रतिमेगावाट लागत १२ करोड ५५ लाख पर्छ। दोस्रो आयोजना (ब्लक २) को लागत १ अर्ब १७ करोड ६ लाख रुपैयाँ रहेको छ, र प्रतिमेगावाट लागत ११ करोड ७१ लाख रुपैयाँ परेको छ। यी आयोजनाहरू क्रमशः २०७७ पुस २ र २०७७ मंसिर २९ मा विद्युत उत्पादन अनुमति प्राप्त गरिसकेका छन्।

दुवै आयोजना अझै २० वर्ष ११ महिना समयसम्म विद्युत उत्पादन गर्न पाउनेछन्। साधारण लगानी फिर्ता हुने समय ८.१२ वर्ष र छुट्याइएको (Discounted) लगानी फिर्ता अवधि १२.४२ वर्ष तोकिएको छ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले लिएको छ। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा तथा ‘मेरो शेयर’ प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij