काठमाडौं, चैत २७: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ। कारोबार अन्त्यमा नेप्से सूचक नौ दशमलव ६६ अङ्कले उकालो लाग्दै २६७६.२८ विन्दुमा पुगेको छ।
आज ३१७ वटा कम्पनीका एक करोड ७३ हजार ८२२ कित्ता शेयरहरू ४५ हजार ९४ पटक कारोबार हुँदा कुल कारोबार रकम करिब ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ पुगेको छ।
बैंकिङ र व्यापार बाहेकका सबै समूहहरूको उपसूचकमा हरियाली देखिएको छ। बैंकिङ समूहमा शून्य दशमलव ०३ प्रतिशत र व्यापार समूहमा शून्य दशमलव ४० प्रतिशतको गिरावट आएको छ।
सकारात्मक वृद्धिको हिसाबले होटल तथा पर्यटन समूह अग्रस्थानमा रहेको छ, जसको सूचक २.४४ प्रतिशतले उक्लिएको छ। त्यसपछि लगानी समूह १.४८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.३६ प्रतिशतले वृद्धि भएका छन्।
नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा आज उच्चतम वृद्धि देखियो, जुन ९.९८ प्रतिशतले बढेको हो। यता, सबैभन्दा बढी घट्ने कम्पनी सिन्धु विकास बैंक लिमिटेड हो, जसको शेयर मूल्य ८.०५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड अगाडि रहेको छ, जसको कुल कारोबार रकम ४२ करोड ७५ लाख रुपैयाँभन्दा बढी रहेको छ। कारोबार भएका शेयरको संख्यामा भने कुमारी इक्विटी फण्ड अगाडि रहेको छ, जसको १० लाख १० हजारभन्दा बढी कित्ता शेयर किनबेच भएका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij