२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

नेप्से परिसूचकमा २७ अङ्कले वृद्धि

नेप्से परिसूचकमा २७ अङ्कले वृद्धि

काठमाडौँ, २ वैशाखः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज २७.१४ अङ्कको सकारात्मक वृद्धि देखिएको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २,६८९.२२ बिन्दुमा पुगेको छ ।

आजको दिन ३२० वटा कम्पनीका कूल २ करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर किनबेच भएका छन् । यी कारोबारहरू ६९ हजार ३६४ पटक सम्पन्न भएका थिए, जसको कुल मूल्य ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार ८८७ रुपैयाँ रहेको छ ।

समूहगत उपसूचकको अवस्थामा, म्युचुअल फन्ड समूह ०.०७% र व्यापार समूह ०.६४% ले घटेका छन् भने बाँकी सबै समूहमा वृद्धि देखिएको छ । विशेष रूपमा, विकास बैंक समूहमा २.४६% र लगानी समूहमा २.७१% को उल्लेखनीय वृद्धिले बजारमा सकारात्मक प्रभाव पारेको छ । अन्य बढेका समूहहरूमा बैंकिङ (०.४८%), वित्त (१.५९%), होटल तथा पर्यटन (१.९९%), जलविद्युत् (१.४७%), जीवन बीमा (०.८१%), उत्पादन तथा प्रशोधन (१.२२%), लघुवित्त (०.६०%) र निर्जीवन बीमा (१.०७%) रहेका छन् ।

आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका शेयरहरूमा सकारात्मक सर्किट लागेको छ, जसले ती कम्पनीमा उच्च माग रहेको देखाउँछ ।

तर, सबैभन्दा धेरै गिरावट भने बलेफी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा देखिएको छ, जसमा ९.९९% को गिरावट आएको हो ।
उक्त कम्पनीको कुल ८६ लाख ७८ हजार २२५ कित्ता शेयर किनबेच भएको छ, जसको कारोबार मूल्य २ अर्ब १ करोड २९ लाख ९३ हजार १४२ रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij