२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

गोरखाका चार बालबालिकामा देखियाे दादुरा

गोरखाका चार बालबालिकामा देखियाे दादुरा

गोरखा । पूर्ण खोपयुक्त घोषणा भएको गोरखा जिल्लामा दादुराको संक्रमण देखिएको छ ।

गाेरखाकाे गण्डकी गाउँपालिका–७ घ्याल्चोकका चार जना बालबालिकामा दादुराको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएपछि रगतको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । आइतबार आएको रिपोर्ट अनुसार उनीहरुमा दादुराको संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए ।

दादुराको आशंकामा  बैशाख १७ गते पाँच जना बालबालिकाको रगतको नमूना संकलन गरेर परिक्षणका लागी टेकु पठाइएकाेथियाे । परीक्षणबाट पाँच जनामध्ये चार जनामा दादुरा संक्रमण देखि|एकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij