प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिको आजका लागि बोलाइएका सबै बैठक स्थगित भएका छन् ।
प्रतिनिधिसभाले हिजो सदस्यहरुको नाम मनोनयन गरेपछि समितिले सूचना नै निकालेर आजका लागि भन्दै पहिलो बैठक डाकेका थिए ।
प्रतिनिधिसभाले आजैको बैठकबाट बिभिन्न विधेयकहरु दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तयारी गरेको छ ।
अर्थ, अन्तर्रा्ष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन न्याय तथा मानव अधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, सार्वजनिक लेखा, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि र शिक्षा तथा स्वास्थ्य समितिमा रहेने सदस्यको नाम प्रतिनिधिसभाले हिजो अनुमोदन गरेको हो ।
अनुकुल समय निकालेर आज दिनभरीमा पहिलो बैठक बस्न सवै समितिलाई भनेपनि एक बजे बस्ने प्रतिनिधिसभा बैठक, काठमाडौं बाहिर भएका सदस्यहरुको अनुपस्थिति लगायत कारण देखाउदै बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ ।
मिनि संसदको उपनाम पाएका समितिले आज कार्य्विधि बनाउन प्रक्रिया अगाडि बढाउने, सभापति चयन नभएसम्मका लागि बैठकको अध्यक्षताका लागि जेष्ठ सदस्यको निक्र्योल गर्ने लगायत तयारी गरेका थिए ।
हिजै राष्ट्रिय सभाले समेत आफु मातहत रहने ४ वटा बिषयगत समिति गठन गरेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij