२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कोभिड रोकथाम तथा उपचारका लागि हालसम्मकाे खर्च २३ अर्ब

कोभिड रोकथाम तथा उपचारका लागि हालसम्मकाे खर्च २३ अर्ब

कोभिड रोकथाम तथा उपचारको लागि वैशाखसम्म सरकारले २३ अर्ब १६ करोड रुपैयाँ खर्च गरेको  छ । देशभर औषधि, उपकरण, उपचार सामग्रीको आपूर्ति र संक्रमित व्यक्तिको व्यवस्थापन, कोभिडसम्बन्धी पूर्वाधारलगायतमा ३४ अर्ब ११ करोड रुपैयाँ जम्मा भएकोमा अर्थ मन्त्रालयले कोरोना कोष सहित वैशाखसम्म सो रकम खर्च भएको हो ।

अब १० अर्ब ९५ करोड रुपैयाँ खर्च हुन बाँकी रहेको अर्थमन्त्रालयले जनाएको छ । संघीय कोरोना कोषमा वैशाखसम्म २ अर्ब ९३ करोड रकम जम्मा भएकोमा २ अर्ब ५२ करोड खर्च भइसकेको छ । त्यसैगरी चालू आर्थिक वर्षमा समेत गरी संघीय बजेट प्रणालीबाट कोभिड १९को संक्रमण १३ अर्ब ६१ करोड विनियोजन भएकामा ८ अर्ब ५४ करोड खर्च भएको छ ।

वैशाखसम्म प्रदेश र स्थानीय तहबाट कोरोना कोषमा जम्मा भएको तथा विनियोजन गरेको १७ अर्ब ५७ करोडमध्ये १२ अर्ब ९ करोड खर्च भएको  छ । संघीय बजेट प्रणालीबाट कोभिड १९ को संक्रमण १३ अर्ब ६१ करोड विनियोजन भएकामा ८ अर्ब ५४ करोड खर्च भएको छ । वैशाखसम्म प्रदेश र स्थानीय तहबाट कोरोना कोषमा जम्मा भएको तथा विनियोजन गरेको १७ अर्ब ५७ करोडमध्ये १२ अर्ब ९ करोड खर्च भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij