२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कैलालीका एनप्याब्सन केन्द्रीय उपाध्यक्ष कृष्ण भुसाल मृत भेटिए

कैलालीका एनप्याब्सन केन्द्रीय उपाध्यक्ष कृष्ण भुसाल मृत भेटिए

धनगढी – कैलालीमा राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) नेपालका केन्द्रीय उपाध्यक्ष मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको गौरीगंगा नगरपालिका ९ घर भएका ४० वर्षीय कृष्णप्रसाद भुसाल मृत अवस्थामा भेटिएका हुन् । उनको शव बिहीबार राति १२ बजेतिर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

भुसालको शव घोडाघोडी नगरपालिका १० पहलमानपुर बजारबाट करिब एक किलोमिटर पश्चिम राजमार्गमा फेला परेको कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए ।

उपाध्यक्ष भुसाल गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल पनि हुन् । उनको आँखा, मुख र घुँडामा चोट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij