२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

कृषि उत्पादनमा प्रभावकारी बन्दै भिडियो संवाद

कृषि उत्पादनमा प्रभावकारी बन्दै भिडियो संवाद

बाबुराम केसी सिङ्गापुर लामो समय बसेर नेपालमा फर्किएका व्यक्ति हुन् । नेपालमा फर्केपश्चात् उनले फरक पहिचान स्थापना हुनेगरी  कुनै काम गर्ने साेच बनाए । यसकाे लागि उनले कृषि क्षेत्र राेजे । कृषि कार्यमा अघी बढ्ने क्रममा उनले कृषि प्रविधिकाे क्षेत्रमा राम्राे दख्खल भएकाे कम्पनी नेपाल एग्राे लाइभसँग सम्पर्कमा पुगे । उनलाइ कृषि गतिविधिका  हरेक माेडहरुमा यही कम्पनी सहारा भइरहेकाे छ ।

अहिले केसीचितवनको वर्दघाट नगरपालिकामा करिब १५ कट्ठा जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् ।

अहिले उनको जमीनमा उन्नत जातका विभिन्न प्रजातिका तरकारी बालीहरु रोपिएका छन् । करेला, लौका, फर्सी, घिरौंला, काँक्रो लगायतका विभिन्न मौसमी तथा वेमौसमी तरकारी बालीले उनका खेतबारी बाह्रै महिना शोभायमान हुन्छन् । अहिले केसी एक नमुना कृषकको रुपमा आफूलाई परिचित गराउन सफल छन् ।

कृषिमा उनी ठूलो लगानीबाट संलग्न भएका हैनन् । सबै किसिमका मेसिनरी तथा प्रविधि सहित अहिले पनि उनीसँग करिब ३ लाख रकम बराबरका सामाग्रीहरु छन् ।

उनको तरकारी बारीमा सधैंजसो स्थानीयहरुको भीड लाग्ने गरेको देखिन्छ । यसरी भीड लाग्नुमा केसीको बजारीकरण सिष्टम केही पृथक हुनु पनि मुख्य आकर्षण हुन सक्छ ।
केसीले तरकारी किन्न आउने सेवाग्राही स्वयंम्ले नै तरकारी टिप्न सक्ने व्यवस्था मिलाएका छन् । व्यापारीले पनि आफैंले तरकारी टिप्न सक्छन् ।

उनको फार्मको गुणस्तरीयता व्यवस्थापन तथा प्राविधिक सहयोग ललितपुरकाे नेपाल एग्रो लाइभले दिँदै आएको छ ।
अहिले लकडाउनको अवस्थामा पनि केसीलाई प्राविधिक समस्या सृजना भएको छैन ।

केसीको फार्म र प्राविधिक सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरु बीचको निरन्तर भिडियो मार्फत हुने सम्पर्कले उनले आफ्ना उत्पादनमा सजिलै प्राविधिक लाभ पुर्याएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij