
काठमाडौं । अन्ततः संसदको सबभन्दा ठूलो दलकाे रूपमा रहेकाे नेपाली कांग्रेसकाे भागमा पुगेकाे छ राष्ट्रपतिमा पद । राष्ट्रपति निर्वाचनकाे लागि नेपाली कांग्रेसका उम्मेदवारलाइ माओवादी केन्द्रसहितका ७ दलले मतदान गरी विजयी गराउनेछन् ।
शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयंले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने प्रस्ताव राखेका थिए ।
राष्ट्रपति आफूले पाउनुपर्ने कांग्रेसको दाबी पनि थियो । राष्ट्रपतिमा दाबी गर्दै आएको एकीकृत समाजवादीका साथै जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले पनि प्रचण्डको प्रस्तावलाई समर्थन गरेका छन् ।
राष्ट्रपतिका लागि नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौलाले दाबी गर्दै अाएका भएपनि रामचन्द्र पाैडेलकाे नाम बढी चर्चामा छ ।
पौडेल र सिटौला मध्ये एक उम्मेदवार राष्ट्रपनि हुने भएपनि कांग्रेसका शीर्ष नेताहरुका अनुसार कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा पौडेलको नाम करिब टुंगिए जस्तै हो । यद्यपि सिटौलाले अझै आश मारिसकेका छैनन् । उनले आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन लबिङ गर्दै आएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij