२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

कांग्रेस नेता पौडेल र जापानी राजदूतबीच भेटवार्ता

कांग्रेस नेता पौडेल र जापानी राजदूतबीच भेटवार्ता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि नवनियुक्त जापानी राजदूत मासामिची साइगोसङबीच मंगलबार भेटवार्ता भएको छ।

वरिष्ठ नेता पौडेल निवास बालाजुमा बिहान उनीहरूबीच भेट भएको हो। भेटमा दुई देशको सम्बन्धका बारेमा छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए।

भेटमा राजदूत साइगोसङले जापानले नेपालको कृषि क्षेत्रमा लगानी गर्न तयार रहेको बताए।

वरिष्ठ नेता पौडेलले तनहुँको तनहुँ हाइड्रोमा जापान सरकारले लगानी गरेकामा राजदूत साइगोसङलाई धन्यवाद दिए।

त्यसैगरी नेपालको समृद्धिका लागि कृषि क्रान्ति ऊर्जा शक्तिको विस्तार र पर्यटन विकासका क्षेत्रमा लगानी गर्न जापानलाई पौडेलले आग्रहसमेत गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij