
हुम्ला नेपालकै सबैभन्दा दुर्गम र पिछडिएका जिल्ला हो । जुन हाल सम्म पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन । राष्ट्रिय सडक सञ्जाल सँग पहुँच विस्तार नभएको कारण त्यहाँका स्थानीय बासिन्दाहरु अत्यन्तै विषम परिस्थितिको सामना गर्न बाध्य छन् ।
यद्यपि त्यहाँको कृषि प्रणाली देखी भौगोलिक, प्राकृतिक र सांस्कृतिक वातावरण भने निकै नै लोभलाग्दो छ । कृषि प्रणालीमा विषादियुक्त मलको पहुँच विस्तार कार्य समेत असहज रहेकोले विषादी नियन्त्रण गर्न सहज छ । साथै हुम्ला जिल्लालाई पूर्ण प्राङ्गारिक (अर्गानिक) जिल्लाको रुपमा घोषणा पनि गरिएको छ । यद्यपि त्यहाँ उत्पादित वस्तुहरुको राम्रोसँग बजारीकरण हुन सकेको छैन । साथै प्राकृतिक डाँडा–पाखा, रहन–सहन र संस्कृतिको आफैंमा विशिष्टता भएकोले पर्यटन प्रवद्र्धनको सम्भावना निकै राम्रो छ । यद्यपि हुम्लाका प्राकृतिक गञ्तव्यको आवश्यक प्रवद्र्धन हुन नसक्दा र उत्पादित वस्तुको सही बजार पहिचान हुन नसक्दा स्थानीयहरुको जीवनस्तरमा सुधार भने हुन सकेको छैन ।
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा समेत मनाउन गइरहेको अहिलेको परिप्रेक्ष्यमा हुम्ला जिल्लालाई समेत नेपालको थप नयाँ गञ्तव्यको रुपमा पहिचान गरी आवश्यक प्रवद्र्धनात्मक गतिविधिहरु सञ्चालन गर्न सकेको खण्डमा समग्र कर्णाली प्रदेश र उक्त क्षेत्रमा रहने स्थानीय बासिन्दाहरुको आर्थिक अवस्था माथि उठाउन निकै महत्वपूर्ण भूमिका निर्वाह हुन सक्नेमा कुनै शङ्का छैन । साथै समयअन्तरालमा हुम्लाको पर्यटकीय प्रवद्र्धनबाट उक्त राज्य नै लाभान्वित हुन सक्नेछ ।
सोहीबमोजिम हुम्लाको कृषि तथा पर्यटन सम्बन्धी नेपालीहरुमा सचेतना जगाई हुम्लाका उत्पादनलाई स्वदेश तथा विदेशमा प्रवद्र्धन गर्ने उद्धेश्यले जागरुक महिला उद्यमीहरुको समूहबाट एलिस ग्रुप स्थापना गरिएको छ । हुम्ला तथा कर्णाली प्रदेशमा कृषि, प्रर्यटन, जलस्रोत एवं अन्य व्यवसायिक विकासमा योगदान पुर्याउने उद्धेश्यले एलिस समूहको अग्रसरतामा हुम्लामा एउटा पर्यटकस्तरीय सुविधासम्पन्न होटल समेत सञ्चालन गरिएको छ । होटन एलिस द वन्डर इन नामक उक्त होटल नेपालका प्रमुख व्यावसायिक समूहहरु (विशाल ग्रुप, आई.एम.ई. ग्रुप, सानिमा ग्रुप लगायत)को समेत लगानीमा सञ्चालित इर्मजिङ नेपाल लिमिटेड नामक लगानी कम्पनीले प्रवद्र्धन गरिरहेको छ । हुम्लाको सबैभन्दा ठूलो यो होटल आगामी बैशाखबाट पूर्ण क्षमताका साथ संचालनमा आउनेछ । साथै यो समुहले जिल्लाको कृषि विकासका लागि लि–बर्डको आर्थिक तथा प्राविधिक सहयोग र ताम्सालिङ समुदाय इलामको बौद्धिक सहयोगमा जिल्लाको धेरै साविकका गा.वि.स.हरुमा कृषि सहकारीहरु स्थापना, उत्पादनहरुको बजारिकरण तथा प्रशोधन आदि कार्य गर्दै आएको छ ।
हाल कृषि र पर्यटनको विकास तथा काठमाडांैमा शैक्षिक क्रियाकलापमा संलग्न रहेका जिल्ला तथा देशका युवाहरुको रोजगारी प्रवद्र्धनमा समेत सहयोग पु¥याउन सकिने योजना सहित हालै मात्र काठमाडौंमा एलिस अर्गानिक फुडस एण्ड स्र्पोटस बार प्रा.लि. नामको चेन रेष्टुरेन्ट सञ्चालन गरिएको छ । हाल बौद्धबाट शुरु गरिएको उक्त रेष्टुरेन्टले काठमाडौंकै मुटुमा रहेको सिटि सेन्टरमा पनि फुडकोर्ट स्टल लिईसकेको छ । छिट्टै उक्त रेष्टुरेन्टलाई नेपालका काठमाडौं उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा विस्तार गर्दै लैजाने एलिस ग्रुपका अध्यक्ष याङछिरिङ लामाले बताउनुभयो । सोही बमोजिम देशका अन्य विभिन्न पर्यटकीय सम्भावना रहेका जिल्लाहरुमा शाखा विस्तारको तयारी भइरहेको समेत लामाले बताउनुभएको छ ।
कम्पनीको उद्देश्य
यस कम्पनीको मुख्य उद्देश्य हुम्ला तथा कर्णालीका जिल्लाहरुका प्राङगारिक खाद्यवस्तुहरुबाट विभिन्न परिकारहरु उत्पादन गरी ती उत्पादनहरुको प्रवद्र्धन गर्ने तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी हुम्ला तथा कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रवर्दनमा सहयोग पुर्याउने रहेको छ । स्मरण रहोस्, हुम्लामा धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनको राम्रो सम्भावना छ ।
साथै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई जिल्ला तथा प्रदेशमा आर्कषित गर्न चेन रेस्टुरेन्टले निकै महत्वपूर्ण सहयोग पुग्ने एलिस समूहको विश्वास छ । व्यवसाय सँगै ‘भिजिट नेपाल २०२०’ अन्तरगत ‘भिजिट हुम्ला’ शीर्षकमा विभिन्न कार्यक्रमहरु सञ्चालन कार्य समेत अघी बढाइएको छ । यसको उद्घाटन जनवरी ५ मा काठमाडौंको सिटी सेन्टर मलको फूड कोर्टमा पर्यटन मन्त्री योगेश भट्टराईबाट गरिसकिएको छ ।
एलिस समूहका उद्धेश्य
एलिस समूहको मूल उद्धेश्य हुम्ला तथा कर्णाली प्रदेशका अन्य जिल्लाहरुमा समेत काम गरिरहेका स्थानीय महिलाहरुमा सामुहिक तथा संस्थागत रुपमा कार्य गर्ने संस्कारको विकास गराउने र ती महिलाहरुकै सहभागिता तथा संलग्नतामा प्राङ्गारिक कृषि उत्पादन, प्रशोधन तथा बजारिकरणमा सहयोग पु¥याउने रहेको छ । यसको अलावा नेपालमा आउने पर्यटकलाई राम्रो तवरले स्वागत सत्कार तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरी पर्यटन प्रवद्ध्र्रनमा सहयोग पु¥याउने र कर्णाली प्रदेशका जनताहरुको आर्थिक तथा सांस्कृतिक विकासमा टेवा पु¥याउने रहेको छ ।
लाभान्वित समूह
१) यस समूहको मूल उद्धेश्य नै महिलाहरुको संस्थागत विकास रहेकोले यस समूह अन्र्तगतका सम्पूर्ण कम्पनी तथा उद्योगहरु महिलाहरुकै व्यवस्थापनमा संचालित छन् । सम्पूर्ण महिलाहरुलाई यस समूह अन्तरगत शेयर सदस्यको रुपमा संलग्न गराउने प्रयासमा गरिएकोले यस योजनाबाट सबैभन्दा बढी कर्णाली अञ्चलका महिलाहरु लाभान्वित हुने अपेक्षा गर्न सकिन्छ ।
२) यस समूहको दोस्रो प्राथमिकता बाध्यताले देशका विभिन्न शहरहरुमा शैक्षिक कार्यमा संलग्न रहँदै आएका युवा विद्यार्थीहरुलाई आवश्यक सल्लाह, सीप विकास, तालिम तथा रोजगारी एवं उद्यमशिलता जागरणको लागि काम गर्ने समेत रहेको छ । 
३) तेस्रो प्राथमिकतामा नेपाली कला, संस्कृति तथा प्राकृतिक सौन्दर्यताको अनुभूति गर्न आउने आन्तिरिक एवं बाह्य पर्यटकहरुलाई कर्लाली (जुन नेपाली भाषा तथा संस्कृतिको उद्गम स्थान समेत हो) मा आकर्षित गर्ने र यसबाट पर्यटकहरुलाई हाईडेन नेपालको रुपमा रहेको कर्णालीका सास्कृतिक तथा परम्पराको संस्कारको अनुभुति, साहसिक पर्यटन तथा प्राकृतिक मरोरम दृष्यावलोकन गर्ने अवसर सृजना गर्ने रहेको छ ।
४) यसको अलावा संस्थागत तथा सामूहिक कार्य सम्पादन गर्ने संस्कारको विकास गराई दक्ष तथा समर्पित युवाहरुको सहयोगबाट जलस्रोत, जडिबुटी, वनजङ्गल, फलफूल तथा प्राङ्गारिक कृषि सँग सम्बन्धित उद्योग एवं व्यवसायहरुमा लगानीकर्ताहरुलाई आकर्षित गर्ने योजनामा समेत यो समूह रहेको छ ।
एलिस समूहबाट संचालित उद्योग तथा व्यवसायहरु
पञ्चमुखी कृषि सहकारी संस्था लिमिटेड हुम्लाको सिमीकोटमा सञ्चालित छ । लि–बर्ड र शिप नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित हुम्लाका यस्ता कृषि सहकारी संस्थाहरु सञ्चालित हुँदै आएका छन् । यसैगरी यस समूह अन्तरगत एलिस इन्भेस्टमेन्ट प्रा.लि, पद्मा फर्निचर उद्योग, होटल एलिस द वन्डर इन लिमिटेड (सिमिकोट, हुम्ला), एलिस सपिङ सेन्टर एण्ड सप्लायर्स, ध्रुव एलिस ट्रान्सपोर्ट सर्भिसेस एण्ड अर्डर सप्लायर्स प्रा.लि. (सुर्खेत), एलिस अर्गानिक फुड एण्ड स्पोर्ट बार प्रा.लि (काठमाडौं) यस समूहबाट सञ्चालित उद्योग एवं व्यवसायहरु हुन् । हाल यस समूहका संचालक सदस्यहरुमा याङछिरिङ लामा, दिकु शेर्पा लामा, शेल्कर क्षोदेन लामा र विस्नमति जैसी रहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij