काठमाडौं । सरकारले लक डाउन क्रमशः खुकुलो बनाउँदै लैजाने गृहकार्य थालेको छ । सरकारको प्रवक्तासमेत रहेका अर्थमन्त्री डा.युवराज खतिवडाले यसमा सरकारले निश्चित भौगोलिक सीमा वा व्यावसायिक गतिविधिलाई खुकुलो बनाउँदै लैजाने गरी गृहकार्य थालेको बताए । आइतबार नेपाल चेम्बर अफ कर्मशका प्रतिनिधिहरुसँगको भेटमा उनले लकडाउन खुकुलो बनाउने बताउका हुन् । यद्यपि, सरकार अन्तर्राष्ट्रिय आवागमन खोल्न सक्ने स्थितिमा भने अहिले नरहेको डा. खतिवडाले स्पष्ट पारे। उनले भने, ‘हामीले व्यवसायिक गतिविधि र भौगोलिक गतिविधिलाई अलि खुकुलो बनाउँदै लैजाननेतर्फ सोच्न थालेका छौ । यसमा हामीले गृहकार्य पनि थालेका छौँ ।’
बिजनेश रिकभरीका लागि योजना बन्दै
लकडाउनका कारण आर्थिक गतिविधि ठप्प छ । यसले व्यापार व्यवसाय प्रभावित छन् र सरकारले यसका लागि बिजनेस रिकभरी योजना बनाएर अघि बढ्ने डा.खतिवडाले बताए । उनले भने, ‘सरकारले रिकभरीको योजना बनाउन थालेको छ । विजनेस रिकभरीका लागि प्रतिबद्धता भएको लगानी छिटो ल्याउने, नयाँ लगानीको लागि छिटो अप्रुभल लिने, लगानी कार्यान्वयनमा देखिएका समस्या छिटो कार्यान्वयन गर्ने र पैसा बढी परिचालित हुने स्थिति सृजना गर्छौ । अनुत्पादन खर्चलाई कम गर्छौ ।’
लकडाउन खुल्ने वित्तिकै पर्यटन क्षेत्रले पिकअप लिने उनले बताए । आफुले अक्टोबरमा चिनियाँ पर्यटक भित्र्याउन पर्यटन बोर्डको प्रमुखलाई भनेको समेत उनले बताए । कोरोना चूनौती मात्र होइन अवसर समेत रहेको उनको जिकिर थियो । कृषिमा टुटेको सम्बन्धलाई जोड्ने र डिजिटलाइजेसनलाई अगाडी बढानउने अवसर भएको समेत उनले उल्लेख गरे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij