२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज ज्येष्ठ १८ गते आइतवारकाे राशिफल

आज ज्येष्ठ १८ गते आइतवारकाे राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चन्द्रमा आठौं स्थानमा रहेकाे छ ।आज ब्यक्तित्वमा निखार आउनेछ । आत्मविश्वाशमा वृद्धि हुनेछ । दुर्घटनाकाे याेग छ बिशेष ख्याल गर्नुहाेला । विद्यार्थीकाे लागि त्यति राम्रो छैन । शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ । शुभ वार मंगलवार रहने छ। आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला । हजुरकाे दिन शुभ हाेस् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन चन्द्रमा नवौं स्थानमा रहेको छ । आज हजुरकाे व्यापारमा वृद्धि हुनेछ । आज हजुरका प्रतिद्वन्द्वीलाई सजिलै परास्त गर्न सक्नुहुनेछ । सहकर्मी हरुकाे सहयाेग मिल्नेछ धर्मकर्ममा मन जाने छ । विद्यार्थीकाे लागि आजकाे दिन ठिकै छ । स्वास्थ्यकाे हिसाबले आजकाे दिन मध्यम छ ।पेट सम्बन्धि समस्या आउन सक्छ । शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ ।अति आवश्यक परे मात्र यात्रा गर्नु हाेला, आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन दशौं स्थानमा चन्द्रमा रहेको छ। आज प्रतिष्ठामा वृद्धि हुनेछ । आज बनाएको याेजनाले भविष्यमा फाइदा दिने छ । र्बिद्यार्थीकाे लागि मिहिनेतफल मिल्ने दिन छ ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ ।सकेसम्म घरबाहिर ननिस्कनु हाेला। हजुरकाे दिन शुभ हाेस ।आफनाे अनि परिवारकाे ख्याल राख्नु हाेला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमा एघारौं स्थानमा रहेको छ। आज पारिवारिक पुर्ण सहयाेग रहने छ । आज क्यारियर बनाउने दिन रहेको छ । आज सहकर्मी बाट पनि राम्रो साथ अनि सहयोग मिल्नेछ । बिद्यार्थी काे लागि आज मिहिनेत गर्नुपर्नेछ । शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् । आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नुहाेला । घरमै बस्नुहाेला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
। आज दिन बाहौं स्थान चन्द्रमा रहेकाे छ। आज खर्च बढ्ने छ । पारिवारिक जिवनमा खट्पटआउनेे छ ।काम गर्दा बिशेष ख्याल् राख्नु हाेला नत्र बिग्रन पनि सक्छ । बिद्यार्थीकाे लागि धेरै मिहिनेतले मात्र फल मिल्नेछ ।हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् । आज सरसफाइमा ध्यान दिनु हाेला । हजुरको दिन शुभ हाेस् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज दिन प्रथम स्थान यानिकी स्वराशिमा चन्द्रमा रहेको छ । आज उत्त्म भाेजन प्राप्त हुनेछ ।व्यापारमा आज लाभ हुनेछ । विद्यार्थीकाे हकमा आज राम्राे दिन छ । शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ । आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नुहाेला ।
‍

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज तुला राशिको चन्द्रमा दाेस्रो स्थानमा बिराजमान छ । आज फजुल खर्च हुने याेग छ । आज धार्मिक कार्य हुनेछ वा धार्मिक यात्रा हुन सक्नेछ ।आज मनमा खुसी छाउने छ । बिद्यार्थीकाे लागि मध्यम दिन छ । प्रेम सम्बन्ध मा सफलता मिल्नेछ। शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चन्द्रमा त्रितिय स्थान मा रहेको छ । आज इच्छा पुर्ती हुनेछ । आफुभन्दा ठूलाकाे सहयाेगमा काम गर्दा सफलता मिल्नेछ ।बिद्यार्थीकाे लागि मिहिनेत गरे अनुरुप कार्यमा सफलता हुनेछ।  शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस । आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज चन्द्रमा चतुर्थ स्थानमा रहेकाेछ ।राेकिएकाे कार्य बन्ने छ।मानसम्मानमा वृद्धि हुनेछ । आज आफ्नाे रिसलाइ काबुमा राख्नु हाेला । बिद्यार्थीकाे लागि राम्रो छ। शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नुहाेला। आजकाे दिन शुभ हाेस् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजकाे दिन चन्द्रमा पंचम् स्थानमा रहेको छ।आध्यातमिक दृष्टिले धेरै राम्रो दिन रहेको छ । व्यापार र मानसम्मानमा वृद्धि हुनेछ । बिद्यार्थीकाे लागि राम्रो छ।शुभ रङ कालो, शुभ अंक ९ रहेको छ । सरसफाइमा विशेष ध्यान दिनु हाेला । आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन छैटौं स्थानमा चन्द्रमा रहेका छन् । आफ्नाे सन्तानकाे चिन्ता हुन सक्नेछ।बिद्यार्थीकाे लागि आजकाे दिन उत्तम छ। आफ्नाे कर्मचारीकाे पुर्ण सहयोग मिल्नेछ आजकाे दिन निकै उन्नति दायक हुनेछ बिद्यार्थीकाे लागि राम्रो छ।शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस् ।

मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन चन्द्रमा सप्तम् स्थानमा रहेका छन् । परिवारमा सम्बन्ध उत्तम रहनेछ । साथ सहयाेग मिल्नेछ । मन प्रसन्न रहने छ । पढाइ राम्रो हुनेछ । स्वास्थ्यमा सुघार आउने छ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।सरसफाइमा ध्यान दिनु हाेला । आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।

माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस । मनमा शिव (कल्याणकारी ) भावना आउन् । जय शम्भु ।।

ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल
https://www.facebook.com/SadhmargaAstrologyNepal/

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij