२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

 आक्रमणकारीलाई राजनीतिक संरक्षण नभइ कडा कारबाही गर्न विवेकशिल साझाकाे आग्रह

 आक्रमणकारीलाई राजनीतिक संरक्षण नभइ कडा कारबाही गर्न विवेकशिल साझाकाे आग्रह

काठमाडाैं । बाँकेको भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको आक्रमण तथा तोडफोडप्रति विवेकशील साझा पार्टी गम्भीर खेद प्रकट गरेकाे छ ।
आज उक्त घटना सम्बन्धमा एक विज्ञप्ति प्रकाशन गर्दै आक्रमणमा सत्तारूढ एमालेका प्रदेश तहका नेताको संलग्नता रहेको भनी खबरहरू सार्वजनिक भएकाे र समाजमा परिचित गुण्डालाई मन्त्री बनाएर पुरस्कृत गर्ने नेता भएको देशमा दलका नेताहरू पनि गुण्डागर्दीमा संलग्न हुनु अस्वाभाविक नभ|एकाे उल्लेख छ ।
साथै आक्रमणकारीहरूलाई राजनीतिक संरक्षण नदिई कानुनी कारबाही गर्न तथा भेरी अस्पतालसहित देशभरका स्वास्थ्यकर्मीले निर्धक्क भई काम गर्ने वातावरण सुनिश्चित गर्न विवेकशील साझा पार्टीले सरकारसँग विज्ञप्ति मार्फत जोडदार माग गरेकाे छ।
विज्ञप्तिमा भनिएकाे छ, राज्यको स्वास्थ्य प्रणाली फितलो रहँदा र सरकारको अकर्मण्यताले गर्दा मुलुकभर स्वास्थ्यकर्मीहरू यस्तो महामारीको समयमा अत्यन्त सीमित स्रोत, साधन र जनशक्तिका साथ अहोरात्र खटिनु परिरहेको छ।  आफू स्वयं र परिवार कुनै पनि बेला सङ्क्रमित हुनसक्ने जोखिम बोकेर तथा कतिपय स्थानमा आफू सङ्क्रमित भइकन पनि सुरक्षा मापदण्ड अपनाइ अन्य सङ्क्रमितको उपचारमा सक्रिय स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गर्नु पर्नेमा उल्टै साङ्घातिक आक्रमण हुनु अत्यन्त निन्दनीय छ।
उक्त विज्ञप्तिमा देशभरका स्वास्थ्य संस्थाहरूमा तोडफोड र स्वास्थ्यकर्मीहरूमाथिको आक्रमणलाई निरुत्साहित गर्न आक्रमणकारीहरू धरौटीमा नछुट्ने र कडा कानुनी दण्डको भागिदार हुनै पर्ने गरी कानुन संशोधन गर्नुपर्ने कुरा समेत उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij