२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

अनेरास्ववियूमा नेतृत्व बाहेक सबै बिषय टुंगियो : प्रबक्ता शर्मा

अनेरास्ववियूमा नेतृत्व बाहेक सबै बिषय टुंगियो : प्रबक्ता शर्मा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) बीच एकीकरण अन्तिम चरणमा पुगेको छ।  नेतृत्वबाहेक सबै कुरा मिलिसकेको र अब बस्ने कार्यदल बैठकले अन्तिम टुंगो लगाउने अनेरास्ववियु अध्यक्ष नबिना लामाले जानकारी दिए ।

आउँदो महाधिवेशनसम्मका लागि सहमतिमै नेतृत्व छनोट गर्ने तयारी उनीहरूको छ। अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारीको एकीकरण पश्चात संगठनको नाम अनेरास्ववियू राखिने सहमति भएको छ। पूर्व एमालेको अनेरास्ववियुले आफ्नो नामको अन्तिम अक्षर ह्रश्व (यु) लेख्ने गरेको छ भने पूर्व माओवादी केन्द्रको क्रान्तिकारीले भने नामको अन्तिम अक्षर दीर्घ (यू) लेख्ने गरेको छ।

एकतापछि संगठनको कार्यालय पेरिसडाँडामा राखिने भएको छ। एकीकृत संगठनको केन्द्रीय समिति ४९९ जनाको हुने तय भएको छ। अनेरास्ववियुबाट २६० जना र क्रान्तिकारीबाट २३९ जना रहने गरी केन्द्रीय समिति गठन गर्ने एकताका लागि गठित कार्यदलको मोटामोटी सहमति छ।

अनेरास्ववियूमा पनि माउ पार्टीजस्तै ९ जनाको हाइकमान्ड गठन हुने भएको छ। हाइकमान्डमा अनेरास्ववियुका पाँचजना र क्रान्तिकारीका चार जना रहने छन्।
हाइकमान्डमा अनेरास्ववियुका महासचिव ऐन महरसहित चार जना उपाध्यक्षहरू रश्मी आचार्य, महेश बर्तौला, सुनिता बराल र शैलेश लामा रहने निश्चित भएको छ। त्यस्तै क्रान्तिकारीबाट भने हाइकमान्डमा रहने नेताहरूको टुंगो लाग्न बाँकी छ।
पूर्वसहमतिअनुसार हाइकमान्ड बनेमा क्रान्तिकारीका अध्यक्षसहित ८ जना उपाध्यक्ष र महासचिवमध्येबाट चारजना हाइकमाइन्डमा रहने छन्।
अनेरास्ववियूमा पनि स्थायी समिति रहने भएको छ। कम्तिमा ५४ जनाको स्थायी कमिटी हुने टुंगो लागेको छ। त्यस्तै १६० जना सदस्य रहेको सचिवालय गठन हुनेछ।

अनेरास्ववियुमा विभिन्न आयोगसहित २०० जनाको केन्द्रीय कमिटी रहेको छ भने क्रान्तिकारीमा २४३ सदस्यीय केन्द्रीय कमिटी छ।

अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माका अनुसार अनेरास्ववियुमा ८५ जना नयाँ केन्द्रीय सदस्य थप्ने तयारी भएको छ। एकीकृत संगठनको केन्द्रीय कमिटीमा राख्ने गरी केन्द्रीय समिति सदस्य संख्या बढाउन लागिएको हो।

अखिलमा आवद्ध सरकारी जागिरे, सरकारी नियुक्त पाएका र जनप्रतिनिधि निर्वाचित भएकाहरू एकीकृत संगठनमा सहभागी हुन नपाउने भएका छन्। अखिलमा यस्ता २० जना नेता छन्। रिक्त रहेका २० सहित ८५ केन्द्रीय सदस्य मापदण्ड बनाएर थप हुने अनेरास्ववियुका प्रवक्ता शर्माले जानकारी दिए।

अनेरास्ववियू नेतृत्वमा दुवै संगठनको दावी छ। तर एकीकरण अन्तिम चरणमा पुगेपनि एकीकृत संगठनको नेतृत्व कसले गर्ने भन्नेमा अन्योल देखिएको छ।
कार्यदलका सदस्य समेत रहेका क्रान्तिकारीका नेता रमेश मल्लले बिहीबार बस्‍ने कार्यदलको बैठकमा नेतृत्वको विषयले प्रवेश पाउने बताए।

ुदुई संगठनको अध्यक्ष मध्येबाटै नेतृत्व खोज्ने हो, नवीना लामा माननीय पनि भएको र अध्यक्षको कार्यकाल पनि सकिएको अवस्थामा रञ्‍जित तामाङले नेतृत्व गर्ने कुरा स्वभाविक होु, उनले भने। तामाङबाहेक अरु विकल्प नभएको उनको भनार्इ छ।

एमालेनिकट अनेरास्ववियुबाट नेतृत्वका लागि रश्मि आचार्य,महेश बड्तौला र एेन महरको दाबि रहदैआएको छ भने क्रान्तिकारीका तर्फ रञ्जित तामाङ एक्लैको दाबि रहेको छ।

ूकुन सँगठनले नेतृत्व गर्ने भन्ने निर्णय पार्टी नेतृत्वको हो,अनेरास्ववियुले नेतृत्व गर्ने अवसर आए हामी बिचमा कुनै समस्या छैन।हामी सर्बसम्मतिमा नेतृत्व चयन गर्नेछौं ू अनेरास्ववियु प्रबक्ता सुदिप शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij