२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

अनलाइन कक्षा बन्द गर्न पोखरा महानगरको निर्देशन

अनलाइन कक्षा बन्द गर्न पोखरा महानगरको निर्देशन

काठमाडौँ – पोखरा महानगरपालिकाले विधालयहरुलाई अनलाइन कक्षा बन्द गर्न निर्देशन दिएको छ। पूर्वाधारबिनै अनलाइन कक्षाहरु सन्चालन गरिरहेको उजुरी परेको भन्दै महानगरले तत्काल बन्द गर्न निर्देशन दिएको हो।

महानगरपालिकाले सम्पुर्ण विधालयहरुलाई परिपत्र गर्दै अनलाइन तथा इन्टरनेटको पहुँच नभएका विधार्थी र उनिहरुका अभिभावकलाई तनाव भएको उल्लेख गरेको छ।

अनलाइन कक्षा बन्द गराउनुपर्ने कारण उल्लेख गर्दै  पत्रमा भनिएको छ, ‘ अनलाइन कक्षा सन्चालन गर्दा सम्पुर्ण विधार्थीहरुमा आवश्यक पुर्वाधार तथा इन्टरनेटको पहुँच नरहेको साथै सम्बन्धित निकायको अनुमति तथा आवश्यक पूर्वाधार बिनानै अनलाइन कक्षा सन्चालन गर्दा समाजमा थप विकृति निम्त्याउनुका साथै अनलाइन कक्षाको पहुँचमा नरहेका विधार्थी  तथा अभिभावकहरुलाई मानसिक दबाबसमेत पर्ने गरेकाले’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij