२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

अखिल नेपाल महिला संघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

अखिल नेपाल महिला संघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

काठमाडौं । अखिल नेपाल महिला संघले संगठन सुदृढीकरण सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला माघ १० र ११ गते सम्पन्न गरेको छ I देश भरीका जिल्ला इन्चार्ज, अध्यक्ष, विभागीय प्रमुख, अभियान कमिटीका प्रमुखहरुको उपस्थिति रहेको कार्यशालाका सहभागीहरुले सातौँ राष्ट्रिय सम्मेलनको नारा तय गर्नका लागि छलफल गर्नुका साथै निम्न विषयहरुमा छलफल गरेको छ :

  • सम्मानका लागि प्रावधान तय गर्ने,
  • अनेमसंघ केन्द्रीय सदस्यका लागि मापदण्ड तय गर्ने,
  • अनेमसंघको नीति कार्यक्रम, अनेमसंघको १४ बुँदे कार्यक्रमको पुनरावलोकन,
  • अनेमसंघको सातौं राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नका लागि कार्ययोजना तर्जुमा गर्ने

कार्यक्रममा नेपाल कला परिषदका पूर्व प्राज्ञ मिथिला देवी यादवद्वारा अनेमसंघका संयोजकलाई मिथिला चित्रकला हस्तान्तरण गर्नुभयो I

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij