२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी विजयी

पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी विजयी

काठमाडौं । पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट निर्वाचित भएका छन् । शनिवार सम्पन्न स्ववियु निर्वाचनबाट नेपाल विद्यार्थी संघका बागी उम्मेदवार बिष्टले सभापतिमा बाजी मारेका हुन् ।

बिष्टले ८४१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियु (एमाले)का उम्मेदवार सुरेश जिसीले ६७२ मत पाए । पाटन क्याम्पसमा नेविसंघले युवराज लामालाई अन्तिममा टिकट दिएको थियो । केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाटनको स्ववियु सभापतिका लागि सुरूमा विष्टलाई नै टिकट दिएका थिए ।

पछि युवराज लामालाई आधिकारिक उम्मेदवार भन्दै टिकट दिएपछि नेविसंघका इकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए। क्याम्पसको स्ववियु सचिवमा अनेरास्ववियुका अविनाश भण्डारी, कोषाध्यक्षमा तिलक कुमाल निर्वाचित भएका छन् । पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij