
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनकाे अनुमति पाएकाे छ ।
संघीय सरकारको मन्त्रिपरिषदको बैठकले कोसी अस्पताल विराटनगरलाई अभ्यासका लागि प्रयोग गर्न दिने निर्णय गरेपछि विश्वविद्यालयलाई कलेज सञ्चालन गर्ने बाटो खुलेको हो ।
२०७८ माघ २४ गते कोसी अस्पताल विराटनगरले पूर्वाञ्चल विश्वविद्यालयलाई अभ्यासका लागि अस्पताल प्रयोग गर्न दिने सहमति गरेको थियो । सहमतिको एक वर्षपछि २०७९ माघ २३ गतेको मन्त्रिपरिषदको बैठकले विश्वविद्यालय र कोसी अस्पतालबीचको सम्झौता अनुमोदन गर्दै मेडिकल कलेज सञ्चालनको बाटो खोलिदिएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij