२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

फ्राइडे रिलिज: ‘ह्यारी कि प्यारी’ प्रदर्शनमा

फ्राइडे रिलिज: ‘ह्यारी कि प्यारी’ प्रदर्शनमा

काठमाडौं । डा. भोला रिजालको प्रोडक्सन कम्पनी बीआर प्रोडक्सनले २० वर्षपछि निर्माण गरेको चलचित्र ‘ह्यारी कि प्यारी’ आज (शुक्रबार)देखि प्रदर्शनमा आएको छ।

फ्राइडे रिलिजअन्तर्गत चलचित्र ‘अल नेपाल’ प्रदर्शनमा आएको हो। डा कपिल रिजालले निर्देशन गरेको चलचित्रमा जितु नेपाल र शाम्राज्ञी शाह मूख्य भूमिकामा छन्। यस्तै, विजय बराल, लक्ष्मी गिरी लगायत कलाकारको पनि अभिनय छ।

हास्य कलाकारका रुपमा स्थापित जितुको लिड रोल रहेको पहिलो चलचित्र पनि ‘ह्यारी कि प्यारी’ नै हो।

चलचित्रमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजालको लगानी छ। निर्देशक कपिल रिजाल भोला रिजालका छोरा हुन्।

पेसाले दन्त चिकित्सक कपिल रिजाल यसअघि पनि चलचित्र निर्माणमा सक्रिय थिए। बेलायतको लन्डनमा बस्दै आएका रिजालका सर्ट फिल्महरू ‘कर्मा: लाइफ इज ए बुमर्‍याङ’, ‘यु गेट ह्वाट यु गिभ’हरू युट्युबमा पनि हेर्न सकिन्छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij