
ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र माघ २९ गतेदेखि निष्काशन गर्ने भएको छ ।
बैंकले १ हजार अंकित दरका ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो । ५० लाख कित्ता मध्ये ३० लाख कित्ता निजी तबरबाट विक्री गरिने र बाँकी २० लाख कित्ता आम सर्बसाधारण तथा सामुहिक लगानी कोषहरुको लागि निष्काशन हुने छ ।
२० लाख कित्ता मध्ये १ लाख कित्ता सामुहिक लगानी कोष योजनाको लागि छुट्याईएकोमा ति योजनाहरुबाट ७० हजार कित्ताको लागि मात्र माग आएको बैंकले जनाएको छ । सोहि कारण ति योजनाहौरलाई छुट्याएर बाँकी रहेको ३० हजार कित्ता सहित सर्वसाधारणलाई १९ लाख ३० हजार कित्ता ऋणपत्र निष्काशन हुने बैंकले उल्लेख गरेको छ ।
५ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।
ऋणपत्रमा छिटोमा फागुन ३ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलो फागुन १४ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १० लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।
बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij