
काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपालले आफनो तेस्रो बार्षिकोत्सव मनाएको छ ।
महासंघले २०७९ माघ १७ गते मंगलबार अन्तरकृया कार्यक्रमका साथै केक काटेर उत्सव मनाएको हो ।
महासंघका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघिय सांसद गणेश पराजुली प्रमुख अतिथी र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, , महासंघका संस्थापक सदस्य तथा पूर्व गृहराज्य मन्त्री दिपक बास्कोटा, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद बिक्रम राना लगायतका व्यवसायीक संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु अतिथिका रुपमा कार्यक्रममा उपस्थित रहनुभएको थियो।
अन्तरकृयाका क्रममा वक्ताहरुले निर्यात व्यापारलाई बढवा दिन आवश्यक रहेको औल्याउनु भएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij