
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी चैत पहिलो साता अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ ।
काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर महासंघले मेला आयोजनाबारे जानकारी दिएको हो ।
नवाैं संस्करणकाे रूपमा सञ्चालन हुने याे मेला आगामी २-६ चैतसम्म आयोजना हुनेछ ।
अन्तर्राष्ट्रिय व्यापार मेलामा भाग लिन चाहनेका लागि शुक्रबारदेखि स्टल बुकिङ समेत खुला गरिएको महासंघले जनाएको छ ।
यस वर्षको मेलाको लागि चीन, भारत, पाकिस्तान, बंलादेश र भुटानबाट सहभागीहरु नेपाल आउने महासंघले जनाएको छ ।
मेलामा नेपाली हस्तकलाका साथै नेपाली उत्पादनका वस्तुहरुको प्रर्दशनी गरिने छ । यस वर्ष पहिलो पटक महासंघका १२३ वटा सदस्य वस्तुगत संघहरुका उत्पादन तथा सेवाको विशेष प्रदर्शनी समेत हुनेछ ।
नेपाल सरकार/उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको प्रबर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij