२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नेपाल लाइफको एम.डी.आर.टी’ अचिभर्स अवार्ड, २०२३ समारोह सम्पन्न

नेपाल लाइफको एम.डी.आर.टी’ अचिभर्स अवार्ड, २०२३ समारोह सम्पन्न

 

नेपाल लाइफ इन्स्योरेन्सले ०७९ सालपौष २४ गते काठमाडौंको हायत प्लेसमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२३ समारोह भव्यतापूर्वक सम्पन्न गरेको छ । वर्ष सकिएको सात दिनभित्रै सन् २०२२ को जनवरी देखि डिसेम्बर अन्तिम सम्म रू ३७,९२,३०० प्रथम बीमा शुल्क सकलन गरी ‘एम.डी.आर.टी’ का लागि योग्य भएका २४३ जना अभिकर्तालाई सम्मानित गरिएको छ ।
कार्यक्रमको शुभारम्भ पानसमा दिप प्रज्वलन गर्दै नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले गर्नुभएको हो । उक्त कार्यक्रममा विशेष कारणबस देश बाहिर रहनु भएका यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई सबैलाई स्वागत गर्नु भएको थियो । आफ्नो भिडियो संदेशमा प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको र उहाँहरुकै अथक मेहनत र परिश्रम काकारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको कुरा बताउनुभयो ।

अभिकर्ताहरुको चौतर्फी विकाशका निम्ति कम्पनी निकै नै संबेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताउनु भयो । उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य व्यक्त गर्दै नायब महाप्रबन्धक उमापति पोखे्रलले कम्पनीको आगामी रणनीतिको बारेमा प्रकाश

पार्नुका साथ साथै सम्मानित हुनेलाई बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो ।
नेपालका ८ हजार मिटर भन्दा अग्ला सबै शिखर आरोहण गर्ने पहिलो महिला बनेर कीर्तिमान कायम गर्नु भएकी पुर्णिमा श्रेष्ठ कार्यक्रममा विशेष अतिथिको रूपमा उपस्थित भई आफ्नो जीवनको सफलता असफलता, चुनौती र अवसरहरुको सम्बन्धमा प्रकाश पर्नु भएको थियो । कार्यक्रममा बोल्दै श्रेष्ठले मान्छेले प्रगती गर्नका निम्ति आफुसंगै प्रतिस्पर्धा गर्नुपर्ने र आफ्नो सीप विकाशमा सदैब दत्तचित्त भएर लाग्नुपर्ने कुरा बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयाल कार्यक्रममा सम्मानित हुने अभिकर्ता महानुभावहरुलाइलाई बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो । यस कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कयालले आगामी दिनमा समेत कम्पनी व्यवस्थापन अभिकर्ताहरुको सहजकर्ताको रूपमा प्रस्तुत हुने बताउदै आगामी वर्ष अझ बढी संख्यामा अभिकर्ताहरुलाई सम्मानित गर्न कम्पनी लालायित रहेको बताउनु भयो

२०७९ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी रु. १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथाग्राहकहरूकालागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समय सापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरु समेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij