२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

सहसचिवबाट सचिवमा बढुवा भए डा.रोजनाथ पाण्डे

सहसचिवबाट सचिवमा बढुवा भए डा.रोजनाथ पाण्डे

काठमाडौं । संघीय संसद् सचिवालयमा कार्यरत सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् ।

सचिवालयका सचिव धुव्र घिमिरेले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पाण्डेलाई बढुवा गरिएको हो ।

बुधबार बसेको संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पाण्डेलाई बढुवा गरेको हो ।

उनी यसअघि संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख तथा प्रवक्ता रहेका थिए ।

सचिव घिमिरेले गत मंसिर २८ गते राजीनामा दिएपछि सचिव पद खाली रहेको थियो । नेतृत्व मूल्याङ्क तथा कार्यसम्पादन मुल्याङ्कनबाट तथा लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा बढुवा सिफारिस समितिको बैठकको सिफारिसमा सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।

सचिव पाण्डे २०६७ चैतमा उपसचिवमा नाम निकालेर सेवा प्रवेश गरेका थिए भने २०७३ साल वैशाख २१ देखि संसद् सेवामा प्रवेश गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij