
काठमाडौं । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, उद्योग सचिव तोयनारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी लगायतको सरकारी टोलीले शनिबार लुम्बिनी केवलकारको स्थलगत निरीक्षण गर्दै निर्माण सम्बन्धी जानकारी लिनुभएको छ ।
निरीक्षणका क्रममा मुख्य सचिव बैरागीले केबलकार निर्माण सम्बन्धी प्रगती विवरण लिनुका साथै केवलकारको सन्चालन पछि यस क्षेत्रमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे जिज्ञासा राख्नुभएको थियो ।
उहाँले यस केवलकार परियोजनाले नेपालको पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै आयोजनालाई यथाशक्य छिटो सञ्चालन गर्न आग्रह समेत गर्नुभयो ।
उक्त अवसरमा लुम्बिनी केवलकार प्रा.लि.का अध्यक्ष चन्द्रप्रसाद ढकालले केवलकार निर्माणको प्रगति बारेमा जानकारी गराउँदै आगामी १-२ महिना भित्रमै केबलकार सञ्चालनमा आइसक्ने जानकारी गराउनुभयो ।
उहाँले केवलकारको झण्डै ९० प्रतिशत काम सकिसकेको तर रिसोर्ट लगायत अन्य पूर्वाधारको काममा भने केही समय लाग्ने बताउनुभयो ।
“अबको १-२ महिनापछि केबलकार सञ्चालनमा आउँछ । तर बटम र टप स्टेसनमा बन्दै गरेको रेष्टुरेन्ट र रिसोर्ट तथा अन्य पूर्वाधारहरुको निर्माण कार्य सम्पन्न हुन अझै केही समय लाग्नेछ । केबलकारबाट पाल्पाको वसन्तपुर डाँडामा पुगेर त्यहाँ रहेको मन्दिरको दर्शन गर्नुका साथै त्यहाँबाट हिमालदेखि तराई सम्मको दृश्यावलोकनको आनन्द लिन सकिनेछ ।
लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा बिदेशी पर्यटक र नेपालको सीमा क्षेत्रका भारतीय पर्यटकलाई यो केबलकार सहितको रिसोर्ट नयाँ पर्यटकिय गन्तव्य बन्ने कम्पनीको विश्वास रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij