२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

प्रभु क्यापिटलको फ्री डिम्याट “न्यानो स्पेशल अफर” सञ्चालनमा

प्रभु क्यापिटलको फ्री डिम्याट “न्यानो स्पेशल अफर” सञ्चालनमा

प्रभु क्यापिटलले यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाईनबाट प्रभु क्यापिटलको कार्यालय कमलादी वा प्रभु बैंकको शाखामा गई डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि “हेलीराइडको सफर” विथ प्रभु क्यापिटलकाे “न्यानाे स्पेशल अफरको” भन्ने स्लोगन सहित यो निःशुल्क डिम्याट स्किम ल्याएकाे छ ।

यो योजना यही १ पौष २०७९ बाट ३० चैत्र, २०७९ सम्म लागू हुने क्यापिटलले जनाएको छ जसमा ग्राहकले १ वर्षका लागि निशुल्क डिम्याट खाता र मेरो शेयर प्राप्त गर्न सकिनेछ । यस योजनाको ज्यादै आकर्षण पक्ष क्यापिटलले योजना अवधिभर खाता खोल्ने ग्राहकलाई दिने अतिरिक्त सुविधा हो जसमा लाेटरीबाट १० जना भाग्यशाली बिजेताको छनौट गरिनेछ जसले आजीवन निःशुल्क म्झबत पाउनेछन् भने एकजना भाग्यशाली विजेताले निःशुल्क गाेसाइकुण्ड हेली राइड जित्नेछन् ।

पूँजी बजारमा नयाँ लगानीकर्ता भित्रयाउने तथा सक्रिय रुपमा पूँजी बजारमा लाग्न प्रेरित गर्ने उद्वेश्यले ल्याएको यो योजनामा देश विदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ । जसमा व्यक्तिले अनलाईन रिक्वेस्ट गर्दा भिडियो केवाईसी वा एप केवाईसी छनौट गरी आफू अनुकूल समयमा समय लिई तुरुन्तै अनलाईन डिम्याट खाताको सुविधा पाउनेछन् ।

प्रभु क्यापिटलको “न्यानो स्पेशल अफर” डिम्याट खाताको विशेषताहरुः

– निःशुल्क डिम्याट खाता सँगै मेरो शेयर खाता
-स्किम अवधिभरको हितग्राही मध्ये “१० जना भाग्यशाली हितग्राही बिजेतालाई आजीवन फ्री डिम्याट”
– १ जना लाई “गोसाईकुण्ड हेली राइड अफर”
-अनलाईन मार्फत खाता खोल्न सकिने
-भिडियाे केवाइसीद्वारा केवाइसी भेरिफिकेसन हुने
– पिएमएस सेवाको वार्षिक शुल्कमा ५० प्रतिशत छुट ।

प्रभु क्यापिटल लिमिटेड नेपाली पूँजी बजारमा भिडियाे केवाइसी मार्फत तुरुन्तै डिम्याट खाता खोल्ने सुविधा ल्याएको एकमात्र मर्चेन्ट कम्पनी हो जसले समयानुसारको प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई फरक ढंगबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij