
काठमाडौं । ललितपुरको गोदावरीमा सम्पन्न नेपाल भ्यालुयर्स एसोसिएसनको पाँचौं अधिवेशनबाट अध्यक्ष पदमा ई. ऋषि कोइराला तेस्रो कार्यकालको लागि पुनः निर्वाचित भएका छन् ।
सोही अधिवेसनबाट कार्यसमितिको महासचिवमा ई. दिनेश कुमार पाठक निर्वाचित भएका छन् भने कोषाध्यक्षमा ई. मनिष कर्णले पदीय जिम्मेवारी पाएका छन् ।
मूल्यांकन क्षेत्रलाई व्यवस्थित बनाउन निरन्तर क्रियाशिल रहँदै आएका अध्यक्ष कोइरालाको पहलमा एसोसिएसनले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
पछिल्ला दिनहरु एसोसिएसनको पहलमा समस्यामा परेका मूल्यांकनकर्ता इन्जिनियरहरुको हक हित एवं कानुनी समाधानको लागि प्रशस्तै काम हुँदै आएका छन् ।
सदस्य इन्जिनियरहरुको क्षमता अभिवृद्धि, कानुनी सहजीकरण, सदस्यहरुबाट देशभरका घरजग्गाको मूल्य सम्बन्धी डाटा संकलन गर्न वेभ प्रणालीको विकास, पारिश्रमिक एवं कामको गुणस्तरमा एकरुपता ल्याउने पहल लगायतका कामहरु एसोसिएसनको पहलमा भएका छन् ।
आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्थाहरुमा छलफल, पत्राचार एवं सदस्यहरु समस्यामा पर्दा वार्ता एवं सडक सङ्घर्ष लगायतका कामहरु समेत एसासिएसनको पहलमा हुँदै आएका छन् ।
हाल सदस्यहरुले अनलाइनबाटै रजिष्टेसन गरी नयाँ सदस्यता प्राप्ति एवं नवीकरणका सुविधा लिने गरी वेभसाइटमा सिष्टम विकास गरिएको छ ।
यसैगरी आगामी दिनमा अन्य सेवाहरु समेत वेभसाइटबाटै उपलब्ध हुने गरी क्षमता अभिवृद्धि गरिने एसोसिएसनले प्रतिबद्धता जनाएको छ ।
आफ्ना अधुरा कामलाई पूरा गर्न आफू यसपटक दत्तचित्त रही निरन्तर काममा खटिने अध्यक्ष कोइराला बताउँछन् ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij