
काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेड (SBL) ले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई १२.५०% बोनस शेयर र ०.६६% नगद लाभांश (कर प्रायोजनार्थ) गरी कुल १३.१६% लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको मिति २०७९ मंसिर २० गते (तदअनुसार ०६ डिसेम्बर २०२२), मंगलबार दिनको ३:३० बजे देखी ४:३० बजेसम्म बसेको संचालक समितिको ४०२औं बैठकले आव २०७८/७९ को वितरणयोग्य मुनाफाबाट बैंकका शेयरधनीहरुलाई नेपाल राष्ट्र बैंकद्वारा स्वीकृति प्राप्त भई बैंकको आगामी साधारण सभाबाट पारित भए पश्चात् लागु हुने गरी बैंकको हाल कायम रहेको चुक्ता पूँजी रु.१२,५२,४४,२६,८३१/- (अक्षरेपी बाह्र अर्ब बाउन्न करोड चौवालीस लाख छब्बीस हजार आठ सय एकतीस रुपैया मात्र) को १२.५०% अर्थात अक्षरेपी रु एक अर्ब छपन्न करोड पचपन्न लाख त्रिपन्न हजार तीन सय चौवन्न रुपैया मात्र बराबरको बोनस शेयर र ०.६६% अर्थात अक्षरेपी आठ करोड तेईस लाख सन्तानब्बे हजार पाँच सय पैतालीस रुपैया मात्र नगद लाभांश वितरण गर्ने निर्णय भएको हो।
संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij