
रुपन्देही । नेकपा (एमाले)का युवा ईन्चार्ज तथा सांसद महेश बस्नेतले सभामुख अग्नि प्रसाद सापकोटाले पदिय मर्यादा भुलेर प्रचण्ड र माधव नेपालको मुख बनेको आरोप लगाएका छन् ।
‘सभामुख सापकोटा प्रतिनिधि सभाका सदस्यहरुको र प्रतिनिधि सभाको मुख बन्नु पथ्र्यो तर सापकोटा प्रचण्ड र नेपालको मुख बन्नुभयो ।’ बस्नेतले भने, राष्ट्रिय युवा संघ नेपाल लुम्विनी प्रदेश कमीटीले आयोजना गरको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले यही अवस्था कायम रहे प्रतिनिधि सभा चल्न नसक्ने समेत बताएका छन् ।
बस्नेतले नेकपा माओवादी अध्यक्ष प्रचण्ड एक्लिँदै गएको समेत बताएका छन् ।

‘पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डका अभिव्यक्तिमा समेत आफु एक्लिएको आभास पाउन सकिन्छ । त्यो वास्तविक पनि हो, यस्तै अवस्था रहे प्रचण्डले जिवनको अन्तिम क्षणमा पुग्दा रुने मान्छे पनि नपाउने अवस्थामा पुगेका छन्’, बस्नेतले आफ्नो सम्बोधनको क्रममा भने ‘यस्तो हामीले बनाएको होईन प्रचण्ड आफैँले सिर्जना गरेका हुन्, अहिले आफैंले एक्लिएको महसुस समेत गरिसकेका छन् ।’
एमाले रुपन्देहीका अध्यक्ष सिवराज सुवेदीले रुपन्देहीमा एमाले विभाजनको कुनै असर नपरेको बताएका छन् । केही साथीहरु भुलवश अन्यत्र गएको भएपनि एमाले हिजोको भन्दा अहिले पनि कमजोर छैन, उनले प्रष्ट्याए ।
केही साथीहरु भुलबस पार्टी छोडेर यताउती गएका भएपनि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता हँुदा समाहित भएका केही साथीहरु अहिले पनि एमालेमै भएकोले पार्टी अझै पनि शसक्त अवस्थामा नै रहेको सुवेदीले दावी गरे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij