काठमाडौं । अविरल वर्षापछि आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका स्थानीयलाई नुवाकोट जिल्ला वि न पा गेर्खुटार घर भई रसीया बस्दै आएका रामबाबु पाण्डेले रु २२,००० बराबरको खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरका छन ।
पाण्डेले नेपाली चेली फाउन्डेशनको पहलमा खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरेका हुन । एनआरएन सदस्य समेत रहेका राम बाबू पाण्डेले नेपाली चेली फाउन्डेशनको सहकार्यमा विभिन्न अभियानहरुमा समेत आर्थिक सहयाग गदै आइरहेका छन ।
पाण्डेले प्राकृतिक विपत्तिको चपेटामा परेकाहरुलाइ आगामी दिनहरुमा समेत आफ्नो तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धतासमेत जाहेर गरे।
पाण्डेको परिवार नै समाजसेवामा लागेको निकै समय भैसकेको छ । पाण्डेको श्रीमति कमला रावल पाण्डे पनि समाजसेवामा केन्द्रित छिन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij