२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नेप्से परिसूचक २९.५५ अंकले बृद्धि, १६ अर्बको कारोबार

नेप्से परिसूचक २९.५५ अंकले बृद्धि, १६ अर्बको कारोबार

अाज नेप्से परिसूचक २९.५५ अंकले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक २९.५५ अंकले वृद्धि भएर १८५६.६७ विन्दुमा पुगेको हो ।
यस दिन प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ७.९६ अंकले बढेर ५१३.११ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज ११८ कम्पनीका ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता सेयर १ लाख ५५ हजार ६५५ पटक कारोबार हुँदा अधिकतम १६ अर्ब ९० करोड ७० हजार २० लाख २८६ रुपैयाँको कारोबार भएको छ ।

केही दिनअघि यो भन्दा बढि १७ अर्ब माथि पुगेको थियो ।

आज सेयर बजारमा व्यापार, हाइड्रोपावर, निर्जीवन बीमा र अन्य क्षेत्र बाहेका प्राय सबै समूहहरु धनात्मक (पोजिटिभ) रहेका छन् ।

आज सबैभन्दा बढि कमाउनेमा महिला लघुवित्त र मञ्जुश्री फाइनान्स लिमिटेड रहेका छन् भने, सबै भन्दा बढि गुमाउनेमा पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड रहेका छन् ।

महिला लघुवित्तका सेयर धनीहरुले अधिकतम १० प्रतिशतले कमाएका छन् भने, पन्चकन्याका सेयर धनीहरुले अधिकतम ५.९२ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij