
काठमाडाैं- नेकपा (एमाले)का १५ जना स्थायी कमिटी सदस्यले प्रधानमन्त्री केपी ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको बताएका छन्। उनीहरुले बुधबार सामूहिक वक्तव्य जारी गर्दै यस्तो बताएका हुन्।
यसका लागि आफूहरु तत्परताका साथ आवश्यक पाइला चाल्न अग्रसर रहेको उनीहरुले बताएका छन्। स्थायी कमिटी सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, वेदुराम भुसाल तथा पदेन स्थायी कमिटी सदस्यद्वय अमृतकुमार बोहरा र प्रमेश हमालले संयुक्त वक्तव्य जारी गरेका हुन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij