
काठमाडाैं । माैसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहने जनाएको छ।
न्यून चापीय प्रणालीको असरका कारण हाल प्रदेश नं १ र प्रदेश नं २ का साथै देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भइरहेको महाशाखाले जनाएको छ ।
यसैगरी, आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहने महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।
यस्तै, प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी, आज राति भने प्रदेश १, बाग्मती, तथा प्रदेश २ मा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ।
यस्तै, प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij