२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नागरिक लगानी कोषको खुद नाफा ५६.०४% ले बृद्धि

नागरिक लगानी कोषको खुद नाफा ५६.०४% ले बृद्धि

नागरिक लगानी कोष (CIT) ले यस आर्थिक बर्षको तेश्रो त्रैमासिक विवरण सार्वजनिक गरेको छ। सो विवरण अनुसार कम्पनीले रु.५९.२ करोड खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो आर्थिक बर्षको तेश्रो त्रैमास भन्दा ५६.०४% बढी हो।

नाफा बढेपनि जारी गरिएको हकप्रद शेयर र बोनस शेयरले, जम्मा शेयर संख्या बढेको हुनाले कम्पनीको प्रति शेयर आम्दानी रु.३७.६२ बाट घटेर रु.२६.३१ कायम रहेको छ।

यस्तै, कम्पनीको कुल ईक्वीटी ६७.३१% ले वृद्धि भई रु.१.६८ अर्ब पुगेको छ र प्रति कित्ता किताबि मुल्य रु.१५६ कायम रहेको छ।

हाल १२ वटा योजना मार्फत विभिन्न सेवा प्रदान गरीरहेको कम्पनीले रु.१६२.४२ अर्ब लगानी गरेको छ। कोषको लगानी अघिल्लो आर्थिक बर्षको तेश्रो त्रैमासभन्दा १४.१८% ले बढी हो। कुल लगानी मध्ये कम्पनीको मुद्दति निक्षेपमा सर्वाधिक लगानी रहेको छ, जसले गर्दा व्याज आम्दानिमा उल्लेख्य बृद्धि भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij