२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

ने.इ.ए. वागमतीको सभापतीमा रोहिणी पौडेलको उम्मेदवारी

ने.इ.ए. वागमतीको सभापतीमा रोहिणी पौडेलको उम्मेदवारी

काठमाण्डौ : नेपाल इन्जिनियर्स एसोसिएसन दोस्रो वागमति प्रदेश कार्यकारिणी समितिको सभापतीका लागि ई. रोहिणी पौडेलले उमेद्वारी दिनुभएको छ ।

यहि बैशाख २४ गते हुन लागेको उक्त निर्वाचनमा डा. ई. हरिबहादुर दर्लामी नेतृत्वको लोकतान्त्रिक समुहबाट वाग्मती प्रदेशको १५ सदस्यीय कार्यकारिणी समितिका लागि  पौडेलले नेतृत्वमा उम्मेदवारी दिनुभएको हो ।

एसोसिएसनको केन्द्रिय कार्यकारिणी समिति, सातै प्रदेशका प्रदेश कार्यकारिणी समिति तथा नेपाल इन्जिनियरिङ्ग काउन्सिलमा प्रतिनिधित्व गर्ने ५ सदस्यको निर्वाचनमा केन्द्रमा डा. ई. दर्लामीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

वागमती प्देशका लागि पौडेल नेतत्वको लोकतान्त्रिक समुहबाट उपसभापतिमा ई. सुरेन्द्र कैनी, सचिवमा ई. दिनेश न्यौपाने, सह–सचिवमा ई. डा. विजय थापा र कोषाध्यक्षमा ई. विपिन भुषालको उम्मेदवारी परेको छ ।

सदस्यहरुमा ई. ओशन थापा मगर, ई. प्रमोद महत, ई. प्रल्हाद बस्नेत, ई. रोहित पौडेल, ई. चिरञ्जिवी खतिवडा, ई. वृजेश सिंह, ई. गौरव पौडेल, ई. दिराज थापा, ई. राकेश भट्टराई, ई. प्रविण क्षेत्री को उमेद्वारि रहेको छ भने वाग्मती प्रदेशबाट प्रतिनिधित्व गर्दै ई. सुव्रत अर्यालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ ।

बाग्लुङ, सिमरा लगायतका विभिन्न वितरण केन्द्र तथा कार्यालयहरुमा कार्यरत रहँदा उत्कृष्ठ कार्यसम्पादन गरी पुरस्कृत समेत भईसक्नुभएका ई. पौडेलले समाज र इन्जिनियरको हितमा काम गर्न लोकतन्त्रवादीहरुको उर्जावान समुह मार्फत अघी बढेको बताउनुभएको छ ।

आगामी दुई वर्ष इन्जिनियरको नयाँ तथा उच्चतम पहिचान, सम्मान र समृद्धीको पक्षमा काम गर्ने भन्दै उहाँले त्यसका लागि सबैलाई सहयोगका लागि अपिल समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij