२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

अरुका एजेण्डा बोकेर आउनेलाई एमालेमा कुनै स्थान छैनः ओली

अरुका एजेण्डा बोकेर आउनेलाई एमालेमा कुनै स्थान छैनः ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई क्षति पुग्ने गरी अरुका एजेण्डा लिएर आउनेलाई स्थान नरहेको घोषणा गर्नुभएको छ ।

आज बसेको नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकलाई बालुवाटारमा सम्बोधन गर्दै उहाँले अरुका एजेण्डा बोक्नेलाई पार्टीमा स्थान नदिइने प्रष्टपार्नु भएको छ ।

अर्काको सहारा लिएर पार्टीमा बुइ चर्नेहर कहिल्यै पनि कम्युनिष्ट हुनै नसक्ने कुरा ओलीले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रष्ट पार्नुभएको छ । निलम्बित नेता माधवकुमार नेपाल पक्षले खुलेर माओवादी केन्द्रको एजेण्डा बोकेर माओवादीलाई नै मतदान गरिरहेका बेला उहाको भनाई बाहिर आएको हो । बैठकको अध्यक्षता गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीभित्र अरुका एजेण्डा बोकेर आउनेहरूलाई कुनै स्थान दिनु भनेको सरासर अपराध गरे बराबरको हुने कुरा ओलीले व्यक्त गर्नुभएको छ ।

बैठकमा यसअघि सहभागी नभएका माधव नेपाल पक्षधर केन्द्रीय सदस्य सोम मिश्र र विष्णु रिजाल पनि सहभागी भएर निकै चासोका साथ प्रधानमन्त्री ओलीले भनेका समसामयिक कुराहरू गहनताका साथ सुनेर बसेका थिए । ओलीको अनुसार नेपाल कम्युनिष्ट पार्टीमा रहेर काम गरिरहेका नेता कार्यकर्ताहरूलाई उचित खालको जिम्मेवारी दिइने समेत प्रष्ट पार्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij