काठमाडौं। मुम्बई इन्डियन्स १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको छ ।
मंगलबार दुबईमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराउँदै उपाधि रक्षा गरेको हो । मुम्बईले रोहित शर्माकै कप्तानीमा पाँचपटक उपाधि उचालेको हो । चेन्नई सुपर किंग्सले तीनपटक उपाधि हात पारेको छ ।
कप्तान रोहित शर्माको अर्धशतकप्रेरित मुम्बई इन्यिन्सले दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ।
मुम्बईका लागि रोहित शर्माले ६८ रन र क्विन्टन डी ककले २० रन बनाए भने इशान किशनले अविजित ३३ रन बनाए ।
बलिङतर्फ दिल्लीका मार्कस स्टोइनिस र कागिशो रबाडाले १र१ विकेट लिँदा एनरिच नोर्त्जेले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस अय्यरले अविजित ६५ रन र रिषभ पन्तले ५६ रन बनाए ।
बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिँदा कल्टर नायलले २ र जयन्त यादवले १ विकेट लिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij