हरि बहादुर कार्की,
अध्यक्ष, नेपाल निर्यात परिषद
हरि बहादुर कार्की विगत २५ बर्ष देखि एक्सपोर्ट तथा कार्गोे व्यवसायमा संलग्न रहँदै आएका व्यवसायी हुन् । हाल नेपाल एक्सपोर्ट काउन्सिलका अध्यक्ष रहेका उनी विगत अढाई दशक देखि यस क्षेत्रमा संलग्न रहँदै आएका छन् । उनी जेनिथ एक्सपोर्ट एण्ड इम्पोर्ट प्रा.लि.का सञ्चालक हुन् ।
उनी अध्यक्ष रहेको नेपाल निर्यात परिषद् निर्यात कार्यमा संलग्न रहँदै आएका व्यवसायीहरुको सामुहिक हकहितको उद्धेश्यले स्थापना भएको संस्था हो । यस संस्थामा हाल ठमेल लगायतका पर्यटकीय क्षेत्रमा संलग्न रही नेपाली उत्पादन (कार्पेट, गार्मेन्ट, पश्मिना, हस्तकला लगायत)लाई विदेश निर्यात गर्ने कार्यमा संलग्न रहँदै आएका करिब ७ सय व्यवसायीहरु समेटिएका छन् । यी निर्यात व्यवसायीहरुले उत्पादक र कार्गो व्यवसायी बीच पुलको काम गर्दै आएका छन् ।
नेपालको आयात निर्यात अवस्था, लकडाउन पछि निर्यातमा परेको असर, यस क्षेत्रका समस्या, सम्भावना र राज्यले गर्नुपर्ने पहलहरु लगायत सम्बन्धमा रही अध्यक्ष कार्कीसँग कुराकानी गरेका थियौं । प्रस्तुत छ उक्त कुराकानीमा आधारित रही तयार पारिएको सामाग्री:
नेपालको आयात निर्यात अवस्था
अहिले पनि नेपालका आयात निर्यातको अन्तर निकै बढी छ । आर्थिक बर्ष ०७५-७६ मा ९७ अर्ब १० करोड ८८ लाख रकम बराबरका सामान नेपालबाट निर्यात भएको थियो । त्यस बर्ष करिब १४ खर्ब बराबरका विभिन्न सामानहरु नेपालमा आएका छन् । जुन निर्यात र आयातको अनुपात करिब १ः१६ हुन आउँछ । यसैगरी आर्थिक बर्ष ०७६-७७ मा ९७ अर्ब ७० करोड बराबरको सामानहरु निर्यात भएको देखिन्छ । यस बर्ष आयात घटेको देखिन्छ । यसो हुनुमा औषधी, खाद्यान्न र पेट्रोलियम बाहेक अन्य सामानहरु आयात नहुनुले भूमिका खेलेको हुनुपर्छ । यस आर्थिक बर्ष भने निर्यात करिब ७० देखि ८० प्रतिशतमा सीमित हुन सक्ने देखिन्छ । यस बर्ष कोभिड–१९ को कारण नेपालबाट निर्यात घटेकोले निर्यात घट्ने हामीले अनुमान गरेका हौं ।
नेपालबाट निर्यात हुने देशहरु
नेपालबाट निर्यात हुने मुख्य देशहरु युरोप, अमेरिका लगायत हुन् । अझै पनि अन्तर्राष्ट्रिय हवाइसेवा सुचारु हुन नसकेको कारण अहिले निर्यात निकै घटेको छ । सामान्यतयाः ठूलो परिमाणमा सामान माग गर्ने व्यक्ति वा कम्पनी स्वयम् नेपाल आई प्रत्यक्ष रुपमा आफूलाई आवश्यक सामान अवलोकन गरी ती सामानहरु अर्डर दिने गर्छन् । नेपालबाट निर्यात गर्ने व्यवसायीहरु कोही उत्पादक आफैंले निर्यात गर्नुहुन्छ भने कतिपयले सामान उत्पादकबाट सङ्कलन गरी विदेशमा हुने मेलामा भाग लिएर सामान निर्यात गर्दै आएका छन् ।
आर्थिक बर्ष ०७५-७६ मा ९७ अर्ब १० करोड ८८ लाख रकम बराबरका सामान नेपालबाट निर्यात भएको थियो । त्यस बर्ष करिब १४ खर्ब बराबरका विभिन्न सामानहरु नेपालमा आएका छन् । जुन निर्यात र आयातको अनुपात करिब १ः१६ हुन आउँछ । यसैगरी आर्थिक बर्ष ०७६-७७ मा ९७ अर्ब ७० करोड बराबरको सामानहरु निर्यात भएको देखिन्छ । यस बर्ष आयात घटेको देखिन्छ । यसो हुनुमा औषधी, खाद्यान्न र पेट्रोलियम बाहेक अन्य सामानहरु आयात नहुनुले भूमिका खेलेको हुनुपर्छ ।
महँगो हवाई भाडा
एकातिर नेपालको फ्रेट चार्ज आफैंमा महँगो छ । त्यसमाथि यतिबेला बाहिर सामान पठाउँदा हवाई चार्टड गरेर मात्र सामान निर्यात गर्नुपर्ने अवस्था समेत छ । यसले गर्दा हामी व्यवसायीहरुको लागत समेत निकै बढेको छ । भाडा मात्रै कम्तीमा ३ गुणा । अहिले सम्म भू मार्गबाट निर्यात गर्न सकिने अवस्था नरहेको कारण हवाई अहिलेको लागि हवाई मार्ग नै एकमात्र निर्विकल्प माध्यम बनेको छ ।
समस्यामा व्यवसायीहरु
ठमेल जस्तो महँगो क्षेत्रलाई व्यावसायिक आधार बनाएका व्यवसायीहरु यतिबेला निकै नै समस्यामा छन् । महँगो भाडाकै कारण थुप्रै व्यवसायीहरु विस्थापित भइसकेका छन् । सरकारले सस्तो दरमा पुनर्कर्जा उपलब्ध गराउने भनेको छ । तर यसबाट व्यवसायीहरु लाभान्वित हुन सक्ने अवस्था छैन । जसले गर्दा अधिकांश व्यवसायी यस्तो कर्जा लिन इच्छुक देखिँदैनन् ।
निर्यात कार्यमा विगत देखिका समस्याहरु
नेपालबाट यहाँ उत्पादित सामानहरु बाह्य बजारमा निर्यात गर्ने क्रममा विभिन्न किसिमका समस्याहरु सामाना गर्दै आउनुपरेको छ । नेपालबाट निर्यातको क्रममा भोग्नुपर्ने समस्याहरुमा हवाइमैदानमा सामना गर्नुपर्ने समस्या, कर तथा राजस्व एवं नीतिगत समस्याहरु मुख्य समस्याको रुपमा रहँदै आएका छन् ।
हरेक बर्षजसो नयाँ आर्थिक बर्षको लागि बजेट विनियोजन गर्ने समयमा परिवर्तन गरिने नीतिगत व्यवस्थाले निर्यात व्यवसायीहरुले कठिन समस्या पार गर्नुपर्ने हुन्छ । अहिले विगतमा एउटा कम्पनीले निर्यात गर्ने सामानहरु एउटै एल्लो पेपरबाट सबै एकमुष्ट रुपमा इन्ट्री गर्न सकिने व्यवस्थालाई परिवर्तन गरेर हरेक आइटमलाई अलग–अलग रुपमा इन्ट्रि गर्नुपर्ने व्यवस्था गराएको छ । यसले हामी व्यवसायीहरुले थप झण्झट सामना गर्नुपर्ने अवस्था सृजना भएको छ ।

राम्रो गोदाम समेत एयरपोर्टमा नभएको अवस्थामा सामान सुरक्षित रुपमा भण्डार समेत गर्न सकिने अवस्था नभएको नेपालबाट सामान निर्यातको क्रममा थुप्रै समस्याहरु सामना गर्नुपर्ने हुन्छ ।
सामान बाहिर पठाई नेपालमा डलर भित्र्याउँदा ५० डलर बापत ४० डलर मात्र व्यवसायीले प्राप्त गर्ने अवस्था छ । नेपाल राष्ट्र बैंकको यस किसिमको व्यवस्थाले हामी व्यवसायीहरु समस्यामा छौं ।
यतिबेला रसुवा, कलकत्ता लगायत विभिन्न क्षेत्रमा कन्टेनरहरु रोकिएका छन् । जसले गर्दा नेपालका उद्योगहरुको लागि आवश्यक कच्चा पदार्थ ढुवानी हुन सकेको छैन । यसले गर्दा उत्पादकहरुलाई समस्या सृजना भएको छ ।
लकडाउन सँगै नयाँ सम्भावनाः
लकडाउनले हामी निर्यात व्यवसायीहरुले पनि ठूलो समस्या सामना गर्नुपरेको छ । यद्यपि यस परिस्थितिले केही राम्रा अवसरहरु पनि सृजना गरेको छ ।
जुन यसप्रकार छन्
क) लकडाउनले हरेक कारोबारलाई अनलाइनबाट पारदर्शी रुपमा कारोवार गर्नको लागि यो राम्रो अवसर समेत बन्ने हामीले देखेका छौं ।
ख) लकडाउनले भौतिक उपस्थिति बिना नै मिटिङहरु आयोजना गर्न सकिने भएको छ । जुम एप्लिकेसन मार्फत गरिने मिटिङ यसको उदाहरण हो । यसैगरी आगामी दिनमा यसरी नै भर्चुअल एक्जिविसन (व्यापार प्रदर्शनी मेला) आयोजना गरी त्यहीँबाट सामान खरिदबिक्री गर्न सकिने व्यवस्था गर्नु जरुरी छ । यसबाट हाम्रो लागत निकै घट्नेछ ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
सरकारले गर्नुपर्ने कामहरुः
नेपाली व्यवसायीहरुले राज्यको कुनै किसिमको संरक्षण पाउन सकेका छैनन् । निजी व्यवसायी आफैंले पहल गर्दा नै अहिलेको सफलता हासिल हुन सकेको खण्डमा राज्यबाट समेत केही सहयोग गरेको खण्डमा नेपालले राम्रो प्रगति गर्न सक्छ । कम लागतमा सामानहरु उत्पादन गर्न सकेको खण्डमा बाह्य बजारमा राम्रो मूल्यमा विक्री गरी ठूलो आर्थिक लाभ लिन सकिन्छ ।
ख) नेपालबाट निर्यात हुने मुख्य सामानहरुमा कार्पेट, गार्मेन्ट, पश्मिना, मुर्ति, हस्तकला, सिङ्गिङ बउल लगायत रहँदै आएकोमा ग्रामीण क्षेत्रमा खेर गइरहेका अन्य नयाँ सम्भावनायुक्त क्षेत्रहरुको समेत खोजी गर्नु जरुरी छ ।
ग) नेपालको हिमाली क्षेत्रको ग्लासियर वाटर विदेश निर्यातको लागि नयाँ सम्भावना देखिएको छ । यसलाई सार्थक बनाउन नेपाल सरकारले आवश्यक सहयोग गर्नु जरुरी छ ।
घ) नन्इसेन्सियल अर्थात नियमित आवश्यकता भन्दा बाहिरका वस्तुहरु (चुरोट, मदिरा, चक्लेट लगायतका सामान)मा उच्च करको अलावा एक्सचेन्ज रेट समेत बढाएर यी सामानहरु आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धनमा सहज हुने देखिन्छ ।
ङ) हामीले राज्यसँग अनलाइन कारोवार प्रवद्र्धन गर्नुपर्नेबारे आवाज उठाएका छौं । यसको लागि विदेशी विनिमय ऐन संशोधन गर्नु जरुरी छ । यस सम्बन्धमा हामीले नेपाल राष्ट्र बैंक लगायत सरोकारवाला निकायहरुलाई आग्रह समेत गर्दै आएका छौं । उहाँहरु सकारात्मक नै हुनुहुन्छ ।
च) नेपालले बहुमूल्य मान्दै आएको यार्सागुम्बा निर्यात हुने देश मध्ये चीन एक हो । नेपालबाट निर्यात गरिएको उक्त यार्सागुम्बालाई चीनले पुःन कच्चा पदार्थको रुपमा प्रयोग गर्दै आएको छ । यसलाई नेपालमा नै थप प्रशोधन गर्न सकेको खण्डमा हाम्रो मूल्यलाई हजारौं गुणा बढाउन सकिन्छ ।
छ) पछिल्ला दिनहरुमा पूर्वीय संस्कार प्रति पश्चिमीहरुको चासो बढ्दो छ । सप्त धातुबाट बनेको सिङ्गिङ बउल विशेषतः योग, ध्यान र पूजा कार्यमा प्रयोग गरिन्छ । यसबाट विशेष किसिमको भाइब्रेसन आउने गर्छ । जसले मनलाई शान्त र एकाग्र बनाउन विशेष सहयोग गर्छ । यस्ता सामानहरुको कारोवार बढ्दो छ । यी सामानहरुको प्रवद्र्धन सँगै हाम्रो संस्कृति समेत प्रवद्र्धन हुन सक्छ । समयक्रमसँगै पूर्वीय संस्कृति प्रति बौद्ध र हिन्दु मात्र नभई क्रिश्चियन र मुस्लिमहरु समेत आकर्षित भइरहेका छन् ।
ज) धार्मिक पर्यटकहरु पनि नेपालको लागि नयाँ सम्भावना बनिरहेको छ । यस कार्यलाई कसरी प्रवद्र्धन गर्ने भन्नेमा राज्यले नै विशेष नीतिगत व्यवस्था गर्नु जरुरी छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij