
गाेरखा । गण्डकी गाउँपालिका ८ घ्यल्चोक गोर्खाको सुन्दरबस्तीमा रहेको सुन्दरबस्ती क्लबले यस बर्षकाे बालदिवसमा सन्देशमूलक होर्डिङ बोर्ड राखेर बाल दिवस मनाएको छ ।
यश क्लबका अध्यक्ष सन्देश घिमिरेको नेतृत्वमा राखिएकाे हाेर्डिङ बाेर्डकाे उद्देश्य जनचेतना जगाउने रहेकाे छ ।
सुन्दरबस्ती क्लबको स्थापना २०७१ सालमा भएको हाे ।
याे क्लब विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै अाएकाे छ ।
क्लबका अध्यक्ष सन्देश घिमिरेले बालबालिकाको क्षेत्रमा क्लब निरन्तर सक्रिय रहँदै आएको बताउनुभयाे ।
साथै क्लबको आफ्नै भबन निर्माणको चरणमा रहेकाे समेत उहाँले बताउनुभएकाे छ ।
क्लबमा दलित, जनजाति, बाहुन, क्षेत्री लगायत सबै वर्गको पुर्ण रुपमा समाबेशिता रहेको छ ।
हाल यस क्लबमा ६० जना सदस्यहरू छन् ।
अध्यक्ष घिमिरेले देश भरि छरिएका सम्पूर्ण बालबालिकाहरुलाई बाल दिवसको शुभकामना दिँदै यस विषम परिस्थितिमा सुरक्षित रहि काममा जुट्न अनुरोध गरेका छन्।