२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

झलनाथ खनाल प्रतिष्ठानले विषालु सर्प पालन गर्ने

झलनाथ खनाल प्रतिष्ठानले विषालु सर्प पालन गर्ने

काठमाडौं । नेकपाका बरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले सर्लाहीको लालबन्दीमा साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ ।

सर्पको विष उत्पादन गरेर सुरुमा भारत सप्लाई गरिनेछ ।

सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि संघीय सरकार, प्रदेश २ सरकार र लालबन्दी नगरपालिकासँगकाे सहकार्यमा प्रतिष्ठानलाइ ७२ करोड रकम उपलब्ध हुने भएकाे छ ।

सर्लाहीको लालबन्दी नगरपालिका–१ मा संस्थाले साढे ८ विघा जग्गामा विषालु सर्प पाल्ने याेजना सहित तयारी अगाडि बढाइएको छ ।

सर्प पाल्नका लागि सो जग्गा प्रतिकठ्ठा साढे ३ लाख रुपैयाँका दरले टेण्डरमार्फत जग्गा खरिद गरिएको छ ।

सम्झौताबमोजिम ‘एन्टी स्नेक भेनम’ उत्पादनका लागि जग्गा खरिद गरी भवनसमेत बनाउन लागिएको प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले बताएका छन्। असोज अन्तिमसम्म भवन निर्माणको ठेक्का लागिसक्ने उनले बताए ।

अबको दुई वर्षभित्र भवन लगायतका सबै संरचनाहरु बनिसक्ने र सर्पको विष उत्पादन हुन थाल्ने पन्तले बताएका छन् । पन्तका अनुसार सुरुमा उत्पादित विष भारतको ल्याबमा पठाएर ‘एन्टी स्नेक भेनम’ बनाइने र त्यसपछि नेपालमै ल्याब बनाएर उत्पादन शुरू गर्ने याेजनामा अाफूहरू रहेकाे पन्तले बताएका छन् ।

पछिल्ला बर्षहरूमा विषालु सर्पले टोकेर तराई क्षेत्रमा हरेक वर्ष थुप्रै मानिसहरुको ज्यान जाने गरेको छ । सर्पले टोकेको बिरामीलाई बचाउन प्रयोग गरिने ‘एन्टी स्नेक भेनम’ सर्पकै विषबाट बनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij