वीरगञ्ज – पर्सामा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाका विभिन्न स्थानमा गरी आइतबार थप १ सय ४२ जनामा संक्रमण देखिएको हो।
शनिबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा चिकित्सक, पत्रकार, थुनुवा, उधोगका मजदुर लगायतमा संक्रमण पुष्टि भएको हो।
संक्रमण देखिनेमा वीरगञ्जको नारायणी एफएममा कार्यरत पाँच जना पत्रकार र कर्मचारी, नेशनल मेडिकल कलेजका तीन, भवानी अस्पतालका एक र तराई अस्पतालका एकसहित पाँच चिकित्सक, हिमाल आइरनका ३ जना र नेपाल फर्म्यासटियुकलका ९ जना मजदुरहरु रहेका छन्।
यसकाे अलावा पर्साको पर्सागढी नगरपालिकाका ४, बिन्दवासिनी गाउँपालिकाका ९ जनामा कोरोना देखिएको छ। यसैगरी वीरगञ्ज महानगरपालिकाको श्रीपुर, रेशमकोठी, नगवा, तेजारथ टोल, मुर्ली, राधेमाइ, कुम्हाल टोल, अपौनी, बसडिलवा लगायतका टोलमा समेत कोरोना संक्रमितहरु भेटिएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij